नेपालको शानदार प्रर्दशन, ९२ रनमै मलेसिया अलआउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालले सोमबार सानदार प्रर्दशन गरेको छ । पहिले टस जितेर आयोजक राष्ट्र मलेसियालाई ब्याटिङको निम्तो दिएको नेपालले ३३.५ ओभरमै अलआउट गराएको छ । जितका लागि मलेसियाले ९३ रनको झिनो लक्ष्य दिएको छ । शुन्य रनमा विकेट गुमाएको मलेसिया नेपाली बलरका अघि टिक्न सकेनन् ।

३३.५ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको छ । इजात डेनियलले ३७ रन बनाएपनि अन्य ब्याट्सम्यान भने टिक्न सकेनन् । शुन्य रनमै विकेट लिएपछि नेपाली बलरहरु चम्केका थिए । कुशल मल्ल र पवन शर्राफले समान ३–३ विकेट लिए भने कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए । शुन्य रनमै विकेट लिएका कमलले अस्लम खान र वान अमिरुललाई तवेलियन पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search