यू–१९ विश्वकप छनोटमा नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप छनोटमा मलेसियालाई नेपालले ८ विकेटले पराजित गरेको छ । विश्वकप छनोटमा नेपालको यो दोसो जित हो । सोमबार आयोजक राष्ट्र मलेसियाले दिएको ९२ रनको लक्ष्य २ बिकेटको क्षतिमा नेपालले भेटाएको छ ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमै भेटाएको छ । ९३ रन बनाउँदा नेपालल २ विकेट गुमाएको थियो । नेपालको जितमा ओपनर रित गौतमले नटआउट ३९ रन बनाए। सर्राफले १९ रन जोडे।

पहिले टस जितेर आयोजक राष्ट्र मलेसियालाई ब्याटिङको निम्तो दिएको नेपालले ३३.५ ओभरमै अलआउट गराएको थियो । शुन्य रनमै विकेट लिएपछि नेपाली बलरहरु चम्केका थिए । कुशल मल्ल र पवन शर्राफले समान ३–३ विकेट लिए भने कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए । शुन्य रनमै विकेट लिएका कमलले अस्लम खान र वान अमिरुललाई तवेलियन पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search