विवेकशील साझाको प्रदर्शन: ‘बालुवाटार बेच्नेले सिंहदरबार बेच्लान् होसियार’

काठमाडौं । विवेकशील साझा पार्टीले सोमबार प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको सरकारी जग्गा भूमाफियाले बिक्री गरेकोविरुद्ध विवेकशील साझाले पर्दशन गरेको हो ।

उनीहरूले ‘बालुवाटार बेच्नेले सिंहदरबार बेच्लान् होसियार’ लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रकै जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको थियो।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ। १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा पुगेको छ।

सरकारी जग्गा हत्याउने यो प्रकरणमा भूमाफियाको संरक्षकमा सत्तारुढा नेकपाका नेता, अख्तियारका पूर्व प्रमुख आयुक्त तथा पूर्व सचिवहरूको संलग्नता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search