पिलरविनाकाे ५५ मिटर लामो पुल ढलान गरेकाे दुई दिनमै भत्किँयाे, पाँच जना घाइते

बुटवल । गुल्मीको बडिगाढ खोलाको निर्माणाधिन पक्की पुल भत्किँदा पाँच जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो ।

पुल भत्किएपछि च्यापिएर निर्माण व्यवसायी कृषिराम इटानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए । त्यस्तै मुसिकोट नगरपालिका ३ का २३ वर्षका राम बहादुर कुमाल, ३३ वर्षका गणेश कुमाल, वडा नं ४ का ५१ वर्षका रुद्र बहादुर कार्की र बाग्लुङ्गको बडिगाढ गाउँपालिका ७ का जेसिवी चालक तुल बहादुर राना घाइते भएका छन् ।

वाइटी जय बुद्ध कन्ट्रक्सनले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिए । ढलान गरेको दुई दिनपछि भत्किएको ५५ मिटर लामो सो पुल बिचमा पिल्लर नराखी बन्दै गरेको थियो ।

तीन करोडभन्दा बढि लागतमा बनेको सो पुल ०७३ सालमा सम्झौता भएर गत वर्षदेखि निर्माणको काम भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search