चुनावको संघारमा बलिउड अभिनेत्री महिकाको बयान- ‘राहुल गान्धीसँग मेरो प्रेम बसेको छ’

एजेन्सी । भारतमा जारी लोकसभा निर्वाचनले नेताहरुको ध्यान मतदातामाथी परेको छ । नेतादेखि अभिनेतासम्म चुनावी दौडमा जुटेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पार्टी भारतीय जनता पार्टीलाई जिताएर फेरी प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुने होडमा छन् भने अघिल्लो निर्वाचनमा भएको लज्जास्पद पराजयको बदला लिने र मोदीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने दौडमा कांग्रेस अध्यक्ष राहुल गान्धी जुटेका छन् ।

राहुल गान्धी जोडतोडका साथ भारतीय मतदाताको ध्यान आफुतिर तानिरहेका बेला एक मोडल तथा अभिनेत्रीले भने गान्धीसहित अधिकाँसको ध्यान आफुतिर तानिदिएकी छिन् । सामाजिक सञ्जालमा कांग्रेस अध्यक्ष गान्धीसँग आफ्नो प्रेम बसेको भन्दै मोडल तथा अभिनेत्री महिका शर्माले सवैको ध्यान आफुतिर तानेकी छिन् । उनले गान्धीलाई राजाको उपमा दिँदै उनीसँग आफ्नो प्रेम बसेको बताएकी छिन् ।

चुनावमा ब्यस्त रहेका राहुल गान्धीको मुस्काउँदै गरेको तस्विर राखेर उनले आफु प्रेममा परेको बताएकी छिन् । राहुल गान्धीसँग प्रेम बसेको उनको भनाईले सवैको ध्यान तानेको छ । ‘राहुल गान्धीसँग मेरो प्रेम बसेको छ । किनकी उनी आफ्नो कुराबाट मानिसहलाई हँसाउछन र मनोरञ्जन पनि दिन्छन् । एउटा राष्ट्रभक्त नेता र राजाले यही गर्नूृ पर्दछ’ महिकाले लेखेकी छिन् ‘मानिसको चेहरामा मुस्कान ल्याउन सक्नु नै एक राजाको पहिचान हो ।’

महिमा मात्र हैन केही समयअघि बलिउडकी स्टार अभिनेत्री करिना कपुरले पनि राहुल गान्धीका बिषयमा आफ्नो मनको कुरा बोलेकी थिइन । एक अन्र्तवार्तामा करिनाले राहुल गान्धीसँग डेटमा जान आफु इन्छुक रहेको बताएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search