पूर्वमाओवादीका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेशः कम्यूनिष्टहरुको बोली एउटा स्वार्थ अर्काे

बैतडी । पूर्व नेकपा माओवादीका केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका मनोज बिकले सभापति शेरबहादुर देउवाको हातबाट टिका थाप्दै कांग्रेसको सदस्यता लिएका छन् । नेकपा पार्टी परित्याग उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।
पूर्वमाओवादीबाट दलित मुक्ति मोर्चामा पनि उनी केन्द्रीय सदस्य थिए । तर पार्टीबाट असन्तुष्ट रहेका विक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विकलाई कांग्रेस सभापति देउवाले पार्टीभित्र ल्याएका छन् । कञ्चनपुर कांग्रेसको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बिकले सभापति देउवाको हातबाट टीका थापेका हुन् । पार्टी प्रवेश कार्यक्रममा उनले कम्यूनिष्टहरुको ब्यबहारबाट आजित भएर कांग्रेस प्रवेश गरेको बताए । ‘कम्यूनिष्टहरु एउटा बोल्छन् आफ्नो स्वार्थका लागि अर्कै गर्छन । मलाई चित्त बुझने कांग्रेसमा आएको छु’ विकले भने ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search