नेकपाको एकतालाई अन्तिमरुप दिन शिर्ष तीन नेता बालुवाटारमा

काठमाडौं । नेकपाको एकतालाई अन्तिमरुप दिन शिर्ष तीन नेताबीच सोमबार साँझ वार्ता हुने भएको छ । चन्द्रागिरी रिसोर्टमा २३ घण्टा बिताउँदा दुई अध्यक्षले जिल्ला कमिटीको अन्तिम सूचि तयार पारेका थिए । तयार पारेको सूचिप्रति बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउने लगभग निश्चित भएपछि उनीलाई पनि वालुवाटार बोलाइएको छ ।

नेकपाको एकतालाई अन्तिमरुप दिन अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । पार्टी स्थापना दिवसको दिन पारेर ९ बैशाखसम्म एकता टुङ्ग्याइसक्ने योजना दुई अध्यक्ष रहेका छन् । नेपाललाई पनि सहमत गराउन बालुवाटारमा छलफल बोलाइएको एक नेताले बताए । बैठक सोमबार विहान बोलाइएको थियो । निर्धारित समयमा दाहाल र नेपाल बालुवाटार पुगेका थिए । तर ओली समता स्कूलको कार्यक्रममा भएपछि साँझ सारिएको थियो ।

जिल्ला कमिटीको नेतृत्वमा पूर्व एमाले र पूर्व माओवादी कति कति भाग पाउने भन्ने विषय ओली र प्रचण्डको तहमा टुङ्गिसकेको छ। तर, पूर्व एमालेको भागमा परेको नेतृत्वमा नेताहरुबीच भागबण्डामा समस्या देखिएपछि एकताले पूर्णता पाउन सकिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्
X
Type to search