४३.२ ओभरमा अलआउट हुँदै नेपालले ओमानलाई दियो २३० रनको लक्ष्य

काठमाडौं । यू–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ । नेपाली ब्याट्म्यानले ओमानबिरुद्ध राम्रो प्रर्दशन गर्न सकेनन् । कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपनि अन्य खेलाडीले भने खास्सै राम्रो प्रर्दशन गर्न सकेनन् । ४३.२ ओभरमा २२९ रन बनाउँदै नेपाल अल आउट भएको छ ।

ओपनर पवन सर्राफ ५ रन र अर्का ओपनर रित गौतम १० रन बनाएर आउट भए । ३३ रनमा नेपालले दुई विकेट गुमाएइसकेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अभिषेक बस्नेतले धेरै बल खेले तर थोरै रन बनाएर आउट भए । ४४ बल खेलेका बस्नेत १० रन बनाएर आउट भए भने सन्दिप जोरा पनि धेरै बेर टिक्न सकेनन् । उनी चार रन बनाएर आउट भए । त्यसपछि आएका हरिवहादुर चौहान पनि क्रिजमा टिक्न सकेनन् । २ रन बनाएर उनी आउट भए । चार विकेट गुमाउँदा नेपालको स्कोर ८२ रन मात्र थियो ।

त्यसपछि क्रिजमा रोहित सार्की आएका थिए । कप्तान र भीमबीच ९३ रनको साझेदारी भएपछि नेपाल केही लयमा फर्केको थियो । ७५ रन बनाएर कप्तान रोहित पनि आउट भए । त्यसपछि नेपाल फेरी दवावमा आएको थियो । रोहितले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्का हानेका थिए ।

भिम पनि ४३ बलमा २९ रन बनाएर आउट भए । कुशल मल्ल र कमल सिंह ऐरी पनि खाता मात्र खोलेर बाहिरिए । १० नम्बरमा आएका प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा ४ छक्का र २ चौका सहित ४१ रन बनाए । उनको विस्फोटक ब्याटिङले नेपाललाई बलियो ठाउँमा पुरयायो ।

तर, नेपालले पूरा ओभर खेल्न सकेन । ४३। २ ओभरमा नेपाल अलआउट भयो । ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search