बिष्णु पौडेललाई किर्ते जग्गाको क्षतिपूर्ति सरकारले दिँदैन, जोसँग लिनु भयो उसैले दिन्छ

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी खरिद बिक्रिमा परेका नेकपा महासचिव बिष्णु पौडेललाई सरकारलाई क्षतिपूर्ति नदिने बताए । केही दिनअघि महासचिव पौडेल ठगिएको र उनले क्षतिपूर्ति पाउनु पर्ने बताएका मन्त्री बास्कोटाले आफ्नो बोली फेरेका छन् । सरकारी जग्गा किर्ते गरि ब्यक्तिको नाममा बनाउने जो कोहीलाई पनि नछाड्ने बताए ।

‘महासचिव पौडेलले किर्ते गरेको होइन, उहाँले तेश्रो पक्षबाट जग्गा खरिद गर्नुभएको रहेछ’ मन्त्री बाँस्कोटाले भने ‘उहाँलाई सरकारले क्षतिपूर्ति दिने होइन, जोसँग किन्नु भएको हो उसैले क्षतिपूर्ति दिने हो, सरकारले क्षतिपूर्ति दिँदैन । ’

ललिता निवासको सरकारी जग्गा किर्ते गरी ब्यक्तिका नाममा बनाउने जो कोहीलाई पनि कडा कारवाही गर्ने मन्त्री बाँस्कोटाले बताए । ‘पानीमुनी गएर बसेका भएपनि उनीहरुलाई छोडिदैन’ मन्त्री बास्कोटाले भने ‘किर्ते भनेको अपराध हो, अपराधलाई सरकारले छोड्ने कुरा आउँदैन ।’

प्रधानमन्त्री निवास बालुवाटार छेउको ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर आफ्नो नाममा बनाउने मुल ब्यक्तिलाई नछोड्ने बताए । ‘सरकारी जग्गा दुरुपयोग गर्ने कोही कसैप्रति कुनै पद वा ओहदाप्रति, कुनै दल वा विचारप्रति सरकार नतमस्तक हुन सक्दैन’ रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेनलमा भने ‘हामी त्यसमा कठोर हुन्छौं, हामी कारबाही गर्छौं।’

प्रतिक्रिया दिनुहोस्
X
Type to search