हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपाद्धारा २० लाख हस्ताक्षर संकलन

काठमाडौं । हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २० लाख हस्ताक्षर सङ्कलन गरेको छ । सिंहदरवार, प्रदेश राजधानी र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएको राप्रपाले हिन्दू राष्ट्र पुनः स्थापनाका लागि १७ चैतदेखि हस्ताक्षर संकलन गरेको थियो ।

३० चैतसम्म २० लाख हस्ताक्षर संकलन भएको प्रबक्ता भुवन पाठकले बताए । काठमाडौं उपत्यकादेखि देशभर हस्ताक्षर संकलन गरेको थियो । नागरिकले गरेको हस्ताक्षर सरकारलाई बुझाइने तयारी गरिएको छ ।

हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र, सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयतामा जनमत सङ्ग्रहको माग गर्दै राप्रपाले आन्दोलन गरिरहेको छ । आन्दोलनकै एक रुपम हस्ताक्षर संकलन पनि भएको प्रवक्ता पाठकले बताए ।

राप्रपाले २०४७ पछि बनेका मन्त्री, उच्चपदस्थ प्रशासकको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरी आर्थिकरुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने माग पनि राखिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search