विप्लव नेकपाका जिल्ला इन्चार्ज १८ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालालाई जिल्ला अदालतले कारागार पठाएको छ ।

सोमबारको थुनछेक आदेसपछि अदालतले माग गरेको १८ हजार धरौटी बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगेको हो ।

न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो ।

केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search