ओमनसँगकाे खेलमा नेपालकाे फराकिलाे जीत

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनायो । ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर बनाएका थिए । सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले नेपालको पारी सम्हालेका थिए । उनले ७५ रन बनाए । ८१ बलको सामना गरेका रोहितले पाँच चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, भीम सार्कीले ३९ रन बनाउँदा अभिषेक बस्नेतले १५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search