मङ्लबार, भदौ ३१, २०७६

हङकङलाई हराउँदै नेपाल फाइनलमा

  • प्रकाशित मिति : शनिबार, बैशाख १४, २०७६



  • काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

    थाइल्याण्डको चियाङमाईमा हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आशिष भट्टराईले १७ रन बनाए । यस्तै रोहन दुदराज बिकले १४, कृष्ण कार्की १२, दिपक बोहोराले ११, सुवाष आएरले १० रन बनाए । हङकङका ब्रिज नरेन सिवपुरीले ३ तथा आहान खान्हाई त्रिबेदीले २ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३२ ओभर २ बलमा अलआउट हुँदै ८६ रनमा समेटिएको थियो । हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । हङकङलाई सस्तैमा समेट्न निखिल कुमार सिंहले ४ विकेट हात पारे । यस्तै विशाल कुमार पटेल र रमेश कुर्मीले समान २र२ विकेट तथा तिलक राज भण्डारीले १ विकेट हात पारे ।

    साविकको विजेता समेत रहेको नेपालले उपाधिका लागि सिंगापुर र मलेसियाबीच बिजेतासंग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology