बिहिबार, असार १२, २०७६

खेलकूदमा महिलाको योगदानले देशको शीर उच्च- प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा आजदेखि शुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, “नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेका छन्, खेलकूद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च भएको छ ।”

केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले यस विषयलाई प्रमाणीत गरेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले खेलकूद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए । उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्ट्याउन पहल गर्ने बताए ।

नेपाल भलिबल सङ्घले यसैवर्ष अन्तर्राष्ट्रियस्तरको महिला भलिबल आयोजना गरेकामा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology