बिहिबार, असार १२, २०७६

पूर्वराजा महाराजाले परिवर्तन उल्ट्याउने गन्ध छरिरहेका छन्- प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पवार्टी(नेकप)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिने प्रयास भईरहेको बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको बताए। ‘यहाँका पूर्वराजा महाराजाले गर्न भन्न खोजेका कुराहरू, हिँड्न खोजेका बाटा र गर्न खोजेका गतिविधिले पार्टीहरू भित्रै पनि बिस्तारै बिस्तारै आउन खोजेका ट्रेन्डहरू हेर्छु’, अध्यक्ष प्रचण्डले भने, ‘कहीँ न कहीँ त्यस खालको गतिविधि बनाउने कसरत भइराखेको गन्ध आउछ। यसलाई रोक्न सक्ने तागत र हिम्मत हामीसँग छ।’

२००७ सालमा विपीले गरेको क्रान्तिलाई २०१७ सालमा उल्ट्याइएको र २०४७ सालमा गणेशमानसिंहहरूले गरेको परिवर्तन संस्थागत हुन नपाउँदै उल्टिएको प्रचण्डको भनाइ थियो। उनले नेपालमा ८-१० वर्षमा राजनीतिक परिवर्तन उल्ट्याइने गरेको बताए। उनले २०६२ मा भएको परिवर्तन गुणात्मक भएको भन्दै यसलाई उल्ट्याउन खोज्नेलाई रोक्ने क्षमता आफूहरूसँग भएको पनि बताए।‘२०६२ मा फरक भयो। यो गुणात्मक परिवर्तनको संकेत हो। १२/१३ वर्षपछि बिस्तारै बिस्तारै ऐन, कानुन बनाउँदा डाइल्युसन हुने हो कि भन्ने जस्तो भयो’ उनले भने, ‘हामीले यसरी गयो भने समृद्ध नेपाल सुखी नेपालीको यात्रा पूरा नहुने हो कि भन्ने शंका लागेको छ।’संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई दबाब दिन जरुरी रहेको पनि बताए ।

अध्यक्ष प्रचण्डले संविधानमा किटान गरिएको आदिवासीरजनजातिहरुको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिए पनि सो अनुसार काम हुन नसकेको पनि बताए ।

उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology