मङ्लबार, भदौ ३१, २०७६

नेकपाको प्रदेश कमिटीमा पदाधिकारी बढाउने तयारी, २ देखि ४ सहइन्चार्ज थपिदै

  • प्रकाशित मिति : आइतवार, बैशाख १५, २०७६



  • काठमाडौं । नेकपाले पोलिटब्यूरो गठनसँगै प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । हाल प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जना पदाधिकारीको संख्या छ । अब यसलाई बढाएर सहइन्चार्ज तोक्ने तयारी गरिएको छ ।

    केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या तयारी पार्टी केन्द्रीय सचिवालयले गरेको छ । र एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदैछन्।

    अहिले प्रदेश १ सावित्रीकुमार काफ्ले, २ विश्वनाथ शाह, ३ हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ दलबहादुर राना, कर्णालीमा यमलाल कँडेल र सूदुरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन्। उनीहरुसँगै अरुपनि सहइन्चार्ज तोकिने भएका छन् । ‘प्रदेश पदाधिकारीको संख्या बढाउन तयारी भएको छ र त्यसको अनुमोदन स्थायी कमिटीबाट गर्ने तयारी गरिएको छ, एक स्थायी कमिटी सदस्यले बताए ।

    प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष स्वतः पोलिटब्युरोमा पार्ने सैद्धान्तिक सहमति शीर्ष नेताबीच भइसकेको छ। तर, प्रदेशमा रहेका सबै सचिवलाई पोलिटब्युरो बनाउने–नबनाउने भन्ने टुंगो लागेको छैन। यद्यपि उनीहरुलाई पनि पोलिटब्युरो बनाउनुपर्ने आवाज उठेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology