सोमवार, असार २, २०७६

चेक बाउन्सको आरोपमा ‘ग्रेटर नेपाल’का अध्यक्ष फणिन्द्र नेपाल पक्राउ



काठमाडौं । प्रहरीले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ गरेको छ ।चेक बाउन्सको आरोपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार मध्यान्ह उनको निवास गौशालाबाट पक्राउ गरेको हो।

नरेशकुमार न्यौपानेले दिएको जाहेरीको अधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।नेपालले २०७५ मंसिर २१ गते ६ लाख रुपैयाँको चेक दिएको र त्यो बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी गरेका थिए । नेपाललाई महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याई अनुसन्धान भइरहेको छ।

यता पक्राउ परेका मार्चाका अध्यक्ष नेपालले आफुलाई योजनाबद्ध तरिकारले फसाईएको बताए । घर भाडाबापत न्यौपानेले ६ लाख रुपैयाँ नगद बुझेको र सोही प्रयोजनका लागि त्योभन्दा अगाडि दिएको चेक बाउन्स गरी आफूलाई पक्राउ गरिएको उनको दाबी छ।‘मैले नरेशकुमार न्यौपानेलाई घरभाडा बापत २०७५ मंसिर २१ गते ६ लाख चेक दिएको थिएँ’, उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘चेकको भुक्तानी मितिमा नगद ६ लाख रुपैयाँ बुझी आज चेक ल्याउन बिर्सिएँ भोलि फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो।’

पैसा दिइसकेपछि आफूले पटक–पटक चेक फिर्ता माग्दा न्यौपानेले नदिएको उनको दाबी छ। अध्यक्ष नेपालले प्रहरी समक्ष नगद भुक्तान गरेको भरपाइ र चेक बाउन्स नगर्न २१ मंसिर २०७५ मा लेखेको पत्र लगायतका प्रमाण समेत पेश गरेका छन्।

नेपालले न्यौपानेलाइ घरभाडा बापतको रकम भुक्तान गरेका हुन्।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology