बिहिबार, असार १२, २०७६

आदित्य कसका लागि चुनाैति ?



एक्काइसौं शताब्दीमा नेपालका प्रधानमन्त्री आदित्य ज्योतिषशास्त्र प्रतिष्ठान खोल्न बजेट विनियोजन गर्छन् र वैज्ञानिकहरूलाई आदित्यको चमत्कारको सम्बन्धमा अध्ययन–अनुसन्धान गर्न आदेश दिन्छन् । विज्ञान र वैज्ञानिकले धर्मको अभेद्य किल्ला ढालेर, रुढिवादको अन्धकार चिरेर, तन्त्रमन्त्र र जादूटुनाको भ्रमजाल च्यातेर र आफ्नो यात्रामा अवरोध पुर्याउने जुनसुकै शक्तिविरुद्ध दृढतापूर्वक संघर्ष गरेर संसारमा आफ्नो स्वतन्त्र अस्तित्व स्थापित गरे । अब उनीहरूले खिया लागेको दैवी चमत्कारको भुत्ते तरबार चलाउने सम्मानीय प्रधानमन्त्रीलाई कस्तो उत्तर दिने ?

रमेश सुनुवार

नेपालको इतिहासमा अहिले एक अद्भुत व्यक्ति प्रधानमन्त्री छन् । उनको अद्भुत व्यक्तित्वले जंगबहादुरलाई ओझेलमा पारेको छ । जंगबहादुरको अद्भुत क्षमताको सम्बन्धमा अनेक कथा पाइन्छन् । उनले साँघुको बीचबाट घोडा फर्काएर ल्याए रे, बघिनीको दूध दुहेर ल्याए रे, विषालु सर्पहरूको घेराबाट कमलको पूmल टिपेर ल्याए रे, धरहराको टुप्पोबाट हामफाले रे । यी त कथा मात्र हुन् । तर, प्रधानमन्त्री केपी ओलीले यथार्थमै अद्भुत कर्म गरेर दुनियाँलाई चकित पारेका छन् ।

उनका पराक्रम यस्ता छन् । उनी माओवादी पार्टीलाई जन्मजात शत्रु मान्छन् तर उही माओवादीसँग एकता गर्छन् । उनी प्रचण्डलाई वर्गशत्रु मान्छन् तर उही प्रचण्डलाई अंकमाल गर्छन् । उनी आपूm सक्कली माक्र्सवादी भएको दाबी गर्छन् तर धर्मशास्त्र र ज्योतिषशास्त्रमा विश्वास राख्छन् । उनी गणतन्त्रलाई गोरुगाडाको उपमा दिन्छन् तर त्यही गणतन्त्रका प्रधानमन्त्री बन्छन् ।

उनको अद्भुत व्यक्तित्वको अर्को आयाम यस्तो छ । उनी भूपरिवेष्ठित देशमा पानीजहाज चलाउने कुरा गर्छन् । हिमाल र पहाडले भरिएको देशमा रेल कुदाउने योजना बनाउँछन् । उत्सवहरूमा परेवा उडाएर चित्त बुझाउनु पर्ने गरिब देशमा स्याटेलाइट उडाउने सपना बाँड्छन् ।प्रधानमन्त्री ओलीको अद्भुत चरित्रको एउटा अर्को आयाम पनि छ, जुन विशिष्ट छ । उनी तर्क र तथ्य होइन, चमत्कार र रहस्यलाई मान्छन् । भौतिक शक्ति होइन, अलौकिक र दैवी शक्तिलाई मान्छन् । विज्ञान होइन, तन्त्रमन्त्र, जादूटुना र ज्योतिषशास्त्र मान्छन् । अहिले उनको प्रिय विषय आदित्यको चमत्कार बनेको छ ।

चमत्कार त विज्ञानले गरेको छ । विगतमा पशुजस्तै जीवन बिताउने मानिस आज सभ्यताको यो स्तरमा आइपुगेको छ, कसरी ? विज्ञानको चमत्कारले । यस्तै, विगतमा जंगलमा शिकार गरेर, कन्दमूल र फलपूmल खोजेर हिँड्ने मानिस आज मंगल ग्रहमा जाने योजना बनाइरहेको छ । विगतमा रोगहरू कति थिए, जसको उपचार सम्भव थिएन तर आज तिनीहरूको उन्मूलन भइसकेको छ । कुष्ठरोगलाई पूर्वजन्मको पाप मानिन्थ्यो तर आज त्यसको उपचार भई साधारण रोग मानिन्छ । क्षयरोग (टीबी) उपचारै नहुने प्राणघातक रोग मानिन्थ्यो तर आज त्यसको औषधि सबै मेडिकलमा निःशुल्क पाइन्छ । विगतमा टाढाबाट समाचार प्राप्त गर्न वर्षौं कुर्नुपथ्र्यो । आज सम्पूर्ण पृथ्वीबाट समाचार एक सेकेन्डमा प्राप्त गर्न सकिन्छ । आज विश्वको कुनै पनि स्थान १५–२० घण्टामा पुग्न सकिन्छ । विश्वको कुनै पनि स्थानको घटना आफ्नै कोठामा बसेर हेर्न सकिन्छ । यी सबै कुरा विज्ञानकै चमत्कारले सम्भव भएका हुन् ।

विज्ञानका यति धेरै चमत्कार छन्, प्रधानमन्त्री ओलीलाई अरू कति चमत्कार चाहिएको होला ? विज्ञानका चमत्कारको उपयोग गर्न नसकेर देश आज यो अवस्थामा छ, प्रधानमन्त्री ओलीले अरू कुन चमत्कारको उपयोग गरेर देशलाई समृद्ध बनाउने होलान् ?

मानव समुदायको उन्नति–प्रगति कुनै अलौकिक शक्तिद्वारा भएको होइन । कुनै ईश्वरीय वरदानद्वारा होइन । कुनै दैवी चमत्कारद्वारा होइन । कुनै अद्भुत क्षमताद्वारा पनि होइन । यो त वस्तुगत जगतको व्यवस्थित अध्ययन–अनुसन्धान, तथ्य र तर्कका आधारमा निकालिएको निष्कर्ष, अविराम परिश्रम र संघर्षको परिणाम हो । तर, नपढी विद्वान् हुने कुरालाई महत्व दिने प्रधानमन्त्री ओलीका लागि यी सबै कुराको के अर्थ हुन्छ र ? धर्ममा आस्था राख्नेहरूले पनि कम्तीमा यति त भन्छन्– ‘नमरी स्वर्ग देखिँदैन ।’

विज्ञानले एकपछि अर्को प्रगति गर्दै जान्छ र गरिरहेको छ । हिजो गर्न नसकेको काम आज गर्छ र आज गर्न नसकेको काम भोलि । विज्ञानकै वरदानबाट बाँचिरहेका छन् प्रधानमन्त्री ओली । विज्ञानको वरदान नभइदिएको भए केपी ओलीको अवस्था के हुन्थ्यो भन्ने आफूजति अरू कसलाई थाहा होला र ? तापनि उनी तन्त्रमन्त्र, जादूटुना र ज्योतिषशास्त्रकै प्रशंसा गर्छन् । उनी वैज्ञानिकहरूलाई विज्ञानको चौतर्फी विकास गर्न आग्रह गर्नुको सट्टा, प्राकृतिक साधनस्रोत अध्ययन गरी प्रतिवेदन तयार गर्न आग्रह गर्नुको सट्टा, देशको साधनस्रोत र विज्ञान–प्रविधिको प्रयोगद्वारा देशलाई समृद्ध बनाउन आग्रह गर्नुको सट्टा एक जना बालक आदित्य दाहाल विज्ञानका लागि चुनौती भएको उद्घोष गर्छन् । आदित्यको चमत्कारको सम्बन्धमा अनुसन्धान गरेर प्रतिवेदन बुझाउन आदेश दिन्छन् । दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्रीको कति महान विचार ! यसका लागि त उत्कृष्ट वैज्ञानिक सिद्धान्त मानिएको माक्र्सवाद र दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार किन चाहिन्थ्यो र ? रुढिवाद मान्ने र मुस्किलले एक–दुई सिट प्राप्त गर्ने राप्रपाका कमल थापा छँदै छन् नि ।

विकासको शिखरमा पुगेका देशहरूले विज्ञानको चौतर्फी विकासका लागि विज्ञान प्रतिष्ठान खोलेका थिए । बेलायतको रोयल सोसाइटी, फ्रान्सको साइन्स एकेडेमी, अमेरिकाको फिलोसोफिकल सोसाइटी आदि विज्ञान प्रतिष्ठान थिए । विज्ञानको विकासमा आफ्ना भूमिकाका लागि तिनीहरू इतिहासमा प्रसिद्ध छन् । तर, एक्काइसौं शताब्दीमा नेपालका प्रधानमन्त्री आदित्य ज्योतिषशास्त्र प्रतिष्ठान खोल्न बजेट विनियोजन गर्छन् र वैज्ञानिकहरूलाई आदित्यको चमत्कारको सम्बन्धमा अध्ययन–अनुसन्धान गर्न आदेश दिन्छन् । विज्ञान र वैज्ञानिकले धर्मको अभेद्य किल्ला ढालेर, रुढिवादको अन्धकार चिरेर, तन्त्रमन्त्र र जादूटुनाको भ्रमजाल च्यातेर र आफ्नो यात्रामा अवरोध पु¥याउने जुनसुकै शक्तिविरुद्ध दृढतापूर्वक संघर्ष गरेर संसारमा आफ्नो स्वतन्त्र अस्तित्व स्थापित गरे । अब उनीहरूले खिया लागेको दैवी चमत्कारको भुत्ते तरबार चलाउने सम्मानीय प्रधानमन्त्रीलाई कस्तो उत्तर दिने ?

अकबर र बीरबलको एउटा कथा छ । त्यसमा सम्राट अकबरले एउटा अर्थहीन, बेतुकको कुरा गर्छन् । उनले दरबारका पण्डितहरूलाई आकाशमा ताराहरू कति छन् गनेर एक साताभित्र विवरण बुझाउन आदेश दिन्छन् । असंख्य तारा कसरी गन्ने ? यस्तो आदेशले पण्डितहरूलाई आपत् पर्छ । उनीहरू महामन्त्री बीरबललाई भेट्न जान्छन् र आफ्नो समस्या बताउँछन् । पण्डितहरूको कुरा सुनिसकेपछि बीरबलले त्यसको समाधान गरिदिने आश्वासन दिन्छन् । एक सातापछि बीरबल पण्डितहरूलाई लिएर राजदरबार जान्छन् । साथमा एउटा भेंडो पनि लान्छन् । दरबारमा सबै जना भेला भएपछि सभा सुरु हुन्छ । सभामा अकबर पण्डितहरूलाई सोध्छन्– ‘तारा गन्ने काम पूरा भयो त ?’ बीरबल उत्तर दिन्छन्– ‘भयो महाराज ।’ अकबर फेरि सोध्छन्– ‘कति छन् त ताराहरू ?’ बीरबल उत्तर दिन्छन्– ‘यो भेंडोका रौंजति छन् महाराज !’ तब अकबर सोध्छन्– ‘कति छन् त भेंडोका रौं ?’ त्यसपछि बीरबल भन्छन्– ‘त्यो गन्ने काम महाराजको हो ।’

प्रधानमन्त्री ओलीलाई पनि वैज्ञानिकले यस्तै प्रतिवेदन बुझाउनुपर्छ । ‘आदित्यको अद्भुत क्षमताबारे अनुसन्धान कार्य पूरा भयो त ?’ ‘भयो प्रधानमन्त्री ज्यू !’ ‘के रहेछ त वास्तविकता ?’ ‘आदित्यको वास्तविकता जान्ने अद्भुत क्षमता केपी ओलीसँग मात्र छ, आदित्यमा अलौकिक चमत्कार देख्ने दिव्यदृष्टि पनि केपी ओलीको मात्र छ । त्यसकारण आदित्यबारे अनुसन्धान गर्ने जिम्मेवारी पनि केपी ओलीकै हो । प्रधानमन्त्री पदबाट बिदा भएपछि बाँकी जीवन आदित्यकै बारेमा अध्ययन–अनुसन्धान गरेर बिताउनु अति उत्तम हुन्छ ।’
विज्ञानले ज्योतिषशास्त्रबाट चुनौतीको सामना गर्नुपरेको छैन । बरु विज्ञानको चुनौतीसामु टिक्न नसकेर ज्योतिषशास्त्र संग्रहालयमा थन्किएको छ । त्यसकारण आदित्य वैज्ञानिकका लागि चुनौती होइनन्, केपी ओलीका लागि चुनौती हो । के थाहा, कतै उनले एक हप्ताभित्र केपी ओली प्रधानमन्त्री पदबाट बर्खास्त हुन्छन् भनेर भविष्यवाणी पो गर्छन् कि !

ओली साहेबको थोरै विगत इतिहास पनि हेरौं । २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । संयोगले त्यसवेला केपी ओली नै प्रधानमन्त्री थिए । त्यसवेला उनले ठूलो कीर्ति कमाए । उनी ‘कहिल्यै नझुक्ने महान राष्ट्रवादी’ भए । तर यथार्थ अर्कै थियो । उनले नाकाबन्दीको सामना गर्न र जनतालाई राहत दिनको लागि एउटा सिन्को पनि भाँचेका थिएनन् । कहिल्यै नझुक्ने महान राष्ट्रवादी त जनता थिए । उनीहरुले त्यस्तो दुःखकष्ट सहेर पनि ओली सरकारको विरोध गरेनन्, आप्mनै साधनस्रोतको प्रयोग गरेर भए पनि देशलाई अस्तव्यस्त हुन दिएनन् । नाकाबन्दीको सामना गर्छन् जनताले, महान राष्ट्रवादीको उपाधि पाउँछन् केपी ओलीले ! शायद सतीले सरापेको देश भनेको यही होला ।

नाकाबन्दीले गर्दा देश संकटमा थियो । खाना पकाउने मट्टीतेल र ग्यासको अभाव थियो । कति मानिसहरु नून र चिउरा खाएर बस्थे, कति मानिसहरु एकछाक भात खाएर बस्थे र कति मानिसहरु पशुपतिमा लाश जलाउने दाउरा किलोको मूल्यमा किनेर हप्ता दिनमा एकपटक भात पकाएर भात खाने इच्छा पूरा गर्थे । तर महान राष्ट्रवादी केपी ओलीले एकदिन पनि दाउराले भात पकाएर खाएको समाचार सुएिन । उनी त ग्यास बालेरै भात पकाएर खान्थे ।

यातायातको लागि पेट्रोल र डिजेलको चरम अभाव थियो । मानिसहरु सकेसम्म पैदल हिँड्थे, पैदल हिँड्न नसकिने दूरीमा मात्र सवारी साधनको प्रयोग गर्थे । मुश्किलले पाइने एउटा–दुइटा गाडीमा गुन्द्रुकजस्तै कोचिएर यात्रा गर्थे । छत नभएको गाडीमा पनि बाँदरजस्तै झुण्डिएर, लेपसिएर, टाँसिएर गुजारा चलाउँथे । तर कहिल्यै नझुक्ने उपाधि पाएका के. पी. ओली एकपटक पनि पैदल हिँडेर प्रधानमन्त्री कार्यालय गए भन्ने खबर आएन । उनी त पेट्रोल हालेर कारमै हिँड्थे ।

अहिले पनि प्रधानमन्त्री के. पी. ओलीलाई जनताको जीवनसँग कुनै सरोकार छैन । उनी त आप्mनो पराक्रमको महिमामण्डन गर्नमै व्यस्त छन् । उनको दिनचर्या हेर्दा एउटा प्राचीन घटनाको स्मरण हुन्छ । प्राचीन रोममा निरो नामका एक राजा थिए । एकपटक रोम शहरमा आगो लाग्यो । तर राजालाई त्यसको कुनै चिन्ता थिएन । उनी त आप्mनो बाँसुरी बजाउनमै व्यस्त थिए । रोम शहर जलिरहन्थ्यो, राजा बाँसुरी बजाइरहन्थे । अहिले नेपालको अवस्था पनि त्यस्तै छ । देश दिनानुदिन ओरालो लागिरहेको छ, प्रधानमन्त्री केपी ओली हुँदैनभएको समृद्धिको गीत गाइरहका छन्– ‘भैंसी ब्यायो,’ ‘नेपालको प्रगति देखेर अन्तर्राष्ट्रिय जगत चकित छ’, ‘देश अन्तरिक्ष युगमा प्रवेश गरिसक्यो ।’

अद्भुत व्यक्तित्वका धनी केपी ओलीको लीला अपरम्पार छ । उनको कीर्ति वर्णन गर्न त हजार जिब्रा भएको शेष नागलाई पनि सम्भव नहोला !

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology