शनिबार, जेष्ठ ११, २०७६

‘बालखमै दिल बस्यो गौंथली…’ युट्युबमा भाइरल



सुर्खेत । दैलेख आइडल रुपेश चन्दको आवाजमा ‘बालखमै दिल बस्यो गौंथली, नभागौं त मन भो खल्बली, भागौं भने बालविवाहको मुद्दा चल्ला नी’ बोलको भिडियो सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक भएको छ ।

निर्मल पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेशका साथै सुर्खेतका पुजा गाहा र मिलन विकको पनि अभिनय छ । दीपक शर्माको शब्द÷संगीत रहेको भिडियो कोरियोग्राफी हेमन्त भुषालले गरेका हुन् । सुर्खेतमा छायांकन गरिएको म्युजिक भिडियो ओएसआर डिजिटलले युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । दैलेख नौमूलेका १२ वर्षीय रुपेशले यसअघि दैलेख आइडलको उपाधि हात पारिसकेका छन् । शनिबार युट्युबमा अपलोड भएयता भिडियो अहिले भाइरल बनेको छ ।

निर्देशक निर्मल पौडेलले बालविवाहविरुद्ध जनचेतना फैलाउन म्युजिक भिडियो उपयोगी हुने बताए । ‘बालविवाह कर्णाली प्रदेशको मुख्य सामाजिक समस्या हो,’ उनले भने, ‘यो भिडियोले दिने सन्देशलाई हरेक अभिभावक र बालबालिकामाझ पु¥याउन सके बालविवाह आफै कम हुनसक्छ ।’

म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology