शनिबार, जेष्ठ ११, २०७६

पञ्चेबाजा बजाएर प्रचण्डले मनाए बैवाहिक जीवनको ५०औं वर्षगाँठ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैवाहिक जीवनको ५०औं वर्षगाँठ मनाएका छन् । पत्नि सीता दाहालसँगको सहकार्यको ५० औं वर्षगाँठ आज पुगेको हो ।

गत वर्ष मंसिरमा छोरा प्रकाश दाहालको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् ।

खुमलाटारस्थित प्रचण्डको आफ्नै निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति थियो ।

सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् ।

उनीहरुले विवाहमा झैं एकअर्कालाई माला लगाइदिए । कार्यक्रममा पञ्जेबाजा समेत बजाइएको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology