शनिबार, जेष्ठ ११, २०७६

मिस नेपालको उपाधि अनुष्का श्रेष्ठलाई



काठमाडौं । यस वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्। अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन्।

 

यस्तै, यो वर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले हात परिन भने ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतले जितिन्। ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिको हात पर्यो।

मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन्। २५ जना सहभागी मध्ये अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो। यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो।

‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology