शनिबार, जेष्ठ ११, २०७६

पूर्वि नेपालका मेचे समुदायको आकर्षक नृत्य



काठमाडौं । पूर्वी तराईमा बसोबास गरिरहेका लोपोन्मुख तथा अल्पसंख्यक मेचे समुदायले आफ्नो मौलिक परम्परागत संस्कृति र पहिचान झल्कने नृत्य प्रस्तुत गरेका छन् ।

अन्तर्राष्ट्रिय मेचे बोडो साहित्य एवं सांस्कृतिक समारोहमा मेचे नृत्य प्रस्तुत गर्दै मेचे समुदाय

झापाको मेचीनगर–१० धुलावारीमा मेचे जातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शुरु भएको अन्तर्राष्ट्रिय मेचे बोडो साहित्य एवं सांस्कृतिक समारोहमा मेचे समुदायले आफ्नो लोकसंस्कृति र परम्परागत नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा माझी जातिको रङपचाली, सन्थाल जातिको सुर्हाई, किसान जातिको दंता–डरिया, उराव जातिको ढोडिया, धिमाल जातिको ढल बजाइसु ओ नेलाई, खडिया जातिको दसेरा–करम, मुन्डा जातिको झुमेर तथा मेचे जातिको बैसागु रुङ्जा नैनी नाच प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology