आइतवार, भदौ ८, २०७६

श्रीलंकाका दुई पूर्वक्रिकेटर आईसीसीको कारवाहीमा

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ (आईसीसी)ले श्रीलंकाका पूर्वखेलाडीलाई कारवाही गरेको छ ।

    आईसीसीले शुक्रवार नुआन जोएसा र अविष्का गुणवर्धनलाई संयुक्त अरब एमिरेट्स्‌मा खेलिएको एक टी(१० लीगमा भ्रष्टाचार गरेको आरोपमा अस्थायी रूपमा निलम्बन गरेको हो ।

    यी दुईलाई आरोपको जवाफ दिन १४ दिनको समय दिइएको छ । आईसीसीले एमिरेट्स क्रिकेट बोर्डको तर्फबाट श्रीलंकाका पूर्व बलिङ प्रशिक्षक जोएसामाथि चार र गुणवर्धनेमाथि दुई आरोप लगाइएको छ ।

    तर विश्व संस्थाले कुन घटनाका कारण कारवाही गरिएको हो भन्नेबारे खुलाएको छैन । यी आरोप भने गतवर्ष डिसेम्बरमा यूएईमा खेलाइएको टी–१० लीगसँग सम्बन्धित भएको बताइएको छ ।– एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology