शनिबार, जेष्ठ ११, २०७६

आँबुखैरेनी स्रष्टा समाजद्वारा लेखक यज्ञश र कलाकार केसी सम्मानित



आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजले शनिबार तनहुको आँबुखैरेनीमा एक विशेष समारोहकाबीच सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा संघिय कानुनमन्त्री हरिबहादुर चौंहनको प्रमुख आतिथ्यतामा आबुँखैरेनी वाङ्मय पुरस्कार ‘भूइयाँ’ कृतिका स्रजर्क यज्ञश र ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ वरिष्ठ हास्य कलाकार उत्तम केसीलाई प्रदान गरको हो ।

दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थी विमला सारु मगरलाई प्रदान गरिएको छ ।

आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित स्रष्टाका बारेमा सञ्चारकर्मी कृष्ण भुसाल र साहित्यकार कुमार नगरकोटीले बोलेका थिए । स्थानिय कलाकार तथा स्रष्टाहरुका साङ्गीतिक तथा साहित्यक प्रस्तुति रहेको कार्यक्रममा उत्तम केसी र गीता नेपालले प्रहसन प्रस्तुत गरेका थिए ।

सोअवसरमा सिस्नुपानी नेपालका माणिकरत्न शाक्य, साहित्यकार कुमार नगरकोटी, सञ्चारकर्मी कृष्ण भुसाल, मेकअप आर्टिष्ट श्याम बराल, कलाकार गीता नेपाल, कवि नारायण पोखरेल, गायिका पुजा सुनारलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology