शनिबार, जेष्ठ ११, २०७६

काठमाडौं हेर्न जाने हैन त रानीकोट



नेत्र मोक्तान

शनिबार बिहान १० बजे हामी भक्तपुर सूर्यविनायकबाट काभ्रेको मन्डनदेउपुरका लागि हिँड्यौं । मन्डन देउपुरको थुम्की डाँडामा आयोजित सभामा सहभागी हुनु थियो । यात्रामा थियौं– यशु चौलागाईं, होटल व्यवसायी रामसुन्दर बके, म र पत्रकार राजकुमार श्रेष्ठ अनि साथमा राजकुमारका छोरा सार्थक ।

भिलेज हाईल्याण्ड रिसाेर्टकाे सेल्फी स्पाेर्टमा लेखक

धुलिखेलको ओरालो हुँदै झरेको हाम्रो गाडी जिरोकिलोबाट मन्डनतर्फ मोडियो । पिच सडक हुँदै सल्लाघारी भित्रबाट हामी हरियाली वनपाखा नियाल्दै देउपुरको फाँट पुग्यौं । देउपुरको जमिन छोड्दै गाडीले इन्द्रावती नदीको मनोरम फाँट देखिने गरी नदी किनारतर्फ झार्न थाल्यो । हामी एकै छिनमा तल इन्द्रावती फाँटमा पुग्यौं । त्यहाँ हामीले मन्डनदेउपुर थुम्की जाने बाटो सोध्यौं । हामी त बाटो भुलेर निकै वर आइसकेछौं । हामी फेरि त्यही बाटो फर्कियौं । बल्ल देउपुर थुम्की डाँडा आइपुग्यौं ।

देउपुरमा सेवक नेपालकाे कार्यक्रममा प्रदेश सा‌ंसद लक्षमण लम्सालसँग

त्यहाँ पुग्दा मध्याह्न भइसकेको थियो । खाना खाएपछि हामी कार्यक्रमका लागि तयार भयौं । सेवक नेपालको आयोजनामा अनाथ बालबालिकाका लागि भवन निर्माण घोषणाको कार्यक्रम थियो । केही बेरमा कार्यक्रम सुरु भयो । तर, हुरीले मञ्चको टेन्ट उडायो । केही छिनको प्राकृतिक अवरोधका बाबजुद कार्यक्रम अघि बढ्यो । मञ्चमा अतिथिलाई स्वागत, जग्गादातालाई सम्मान गरियो । संस्थाको भवन निर्माण र जग्गा खरिदका लागि आर्थिक सहयोग गर्ने अभियन्ताको नाम सार्वजनिक र नयाँ आर्थिक सहयोग घोषणा भयो । मञ्चमा उभिने अभियन्ता जो स्वदेश र विदेशमा विभिन्न पेसामा आबद्ध हुनुहुन्थ्यो उहाँहरूबाट क्रमशः १ लाख ५० हजार हुँदै रामेछापका सेवक नेपालका अभियन्ता यशु चौलागाईंबाट आफ्नो पनि एकमुष्ठ आउने गरी १० लाख सहयोग घोषणा गर्नुभयो ।

रानीकाेटबाट देखिएकाे भक्तपुरकाे दृश्य

भवन निर्माण सहयोगार्थ एकै दिन ५० लाखभन्दा बढी जुट्यो । विभिन्न जिल्लाका अभियन्ताबाट सहयोगको बाचा हुँदै गर्दा हामी भने बसाइ छोट्याउँदै भक्तपुर रानीकोटका लागि फर्कियाैं ।

यात्राकाे कान्छाे साथी सार्थक श्रेष्ठ

रानीकोट, जहाँ रानीगढी छ । पहिला भक्तपुरे राजारानी गर्मी छल्न जाने गरेको कथन पाइन्छ । त्यही ठाउँका लागि हाम्रो गाडी काभ्रेको बनेपा चोकबाट पनौतीतर्फ मोडियो । केही मिनेटमै पनौती बसपार्कबाट पश्चिम दिशा समात्दै हामी रानीकोटका लागि उक्लियौं । पनौतीका खेतका फाँटहरूमा किसान आलु खन्दै थिए । आलुका भारी बोक्दै किसानको लर्को सडकतर्फ आइरहेको थियो । पनौती आसपासका रमाइला डाँडाकाँडा छिचोल्दै हामी रानीकोट डाँडा आइपुग्यौं ।

हाम्रो गाडी निर्माणाधीन भव्य घरको गेट खोल्दै भित्र पस्यो । आहा ! कति रमाइलो ठाउँ । वल्लो र पल्लो डाँडा क्या मज्जाको । हरियाली जंगल । भक्तपुर र काठमाडांै सहरको सुन्दर दृश्य । ऊ तल पाइलट बाबा, पर डोलेस्वर मन्दिर र अन्तर्राष्ट्रिय चिडियाखाना सम्भावित क्षेत्रको सुन्दर जंगल, कति रमाइलो–रमाइलो । मित्र रामसुन्दर बकेजीको निर्माणाधीन रिसोर्ट । बन्दै गरेको रिसोर्टको छतबाट दक्षिणतर्फ फुल्चोकी डाँडाको क्या सुन्दर । ससाना जंगलका सुन्दर थुम्कीहरू, क्या गज्जब ! क्या रमाइलो ।

सहकर्मी यसु चाैलागाई रानीकाेट सेल्फि टावरमा रमाउदै

रानीकोटबाट काठमाडौं, भक्तपुर उत्तरको सुन्दर दृश्य अवलोकन र रिसोर्ट निर्माण तथा सञ्चालनको तयारीको जानकारी लिँदा दुई घण्टा बित्यो । साँझपखको चिसो हावाको मन्दमन्द स्पर्शसँगै कालो कफीको चुस्की लिँदै रानीकोट रिसोर्टमा खाजा खायौं । हामी बेलुका अबेर भक्तपुर ओर्लियौं । रमाइलो यात्राको वातावरण बनाउने सहकर्मी यशु चौलागाईं र रामसुन्दर बकेजीलाई धेरै–धेरै धन्यवाद । हाम्रो यात्राको फोटो कैद गरिदिनुहुने पत्रकार राजकुमार श्रेष्ठज्यूलाई पनि हार्दिक धन्यवाद ।

 एसकाठमाण्डुका सहसम्पादक राजकुमार श्रेष्ठ

 

 

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology