शनिबार, जेष्ठ ११, २०७६

सन्दीप भन्छन्- यसपटक आईपीएलबाट धेरै सिकेँ, प्रधानमन्त्री कप खेल्दिनँ



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर यो वर्ष झन उपलब्धी भएको बताएका छन् ।

आइतबार त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दिल्ली क्यापिटल्सबाट यसवर्ष आफूले ६ खेल मात्रै खेल्न पाएको भए पनि धेरै कुरा सिकेको बताएका हुन् । तुलनात्मक रुपमा पहिले भन्दा राम्रो भएको छ । यसपटक पनि व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ’, उनले भने ।

सन्दीपले टिममा परिपक्कता नहुँदा दिल्ली फाइनल पुग्न नसकेको बताए । ‘हाम्रो कठिन खेलमा कम स्कोर भयो ।’ उनले भने, ‘टिममा परिपक्कता देखिएन । त्यसैले फाइनल पुग्न सकेनौं ।’

राष्ट्रिय खेलकुद परिषद राखेप र नेपालय इन्टरनेशनलको आयोजनामा पीएम कप जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने बताए । ‘पीएम कपको समय परिवारसंग बिताउने योजना छ । परिवारलाई समय दिन्छु,’ सन्दीपले भने ।

एकदिवशीय फर्म्याटमा हुने प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology