शनिबार, जेष्ठ ११, २०७६

रानीकोटमा सेल्फि टावरसहितको अत्याधुनिक रिसोर्ट (फाेटाे फिचर)



राजकुमार श्रेष्ठ

काठमाडौं । भक्तपुरको दक्षिणी क्षेत्र रानीकोटमा पर्यटक तान्न लागिपरेका छन्, होटल व्यवसायी रामसुन्दर बके । त्यसका लागि उनी अत्याधुनिक सुविधासम्पन्न भिलेज हाइल्यान्ड रिसोर्ट बनाउँदै छन् । दुई महिनाभित्र रिसोर्ट सञ्चालनमा ल्याउने उनको तयारी छ ।

‘यो भव्य र सुविधासम्पन्न रिसोर्ट दुई महिनामा उद्घाटन हुँदै छ । त्यसपछि रानीकोटको माहोल अर्कै हुनेछ’, उनी भन्छन्, ‘विश्वका पर्यटक रानीकोटमा रमाउन आउनेछन् ।’ रानीकोटलाई पर्यटकीय क्षेत्र बनाउन रिसोर्ट बनाउँदै गरेको उनको भनाइ छ । तारे होटलसरहको सुविधा दिने उनी बताउँछन् ।

उनका अनुसार रिसोर्टका कोठा सुविधासम्पन्न हुनेछन् । जिम हल, मिटिङ हल, हेन्सम र ब्युटिपार्लर अनि बारको व्यवस्था गरिँदै छ । तातो पानीसहितको स्विमिङ पुल निर्माणाधीन छ । रानीकाेट २ हजार मिटरको उचाइमा रहेकाले यहाँ तातो पानी व्यवस्था गर्न लागेको उनी सुनाउँछन् । रिसोर्टको तलतिर सेल्फी स्पाेट बनाइएको छ । यो सबैका लागि आकर्षण केन्द्र बनेको उनी बताउँछन् । उनले भूकम्पअघि नै साढे पाँच रोपनी जमिनमा रिसोर्ट बनाउन सुरु गरेका थिए ।

काठमाडौंबाट २० किलोमिटर दूरीमा पर्छ रानीकोट । सूर्यविनायकबाट सवारी साधन प्रयोग गर्दा २० मिनेटमा पुगिन्छ । यो ठाउँ प्राकृतिक रूपमा मात्र होइन, धार्मिक हिसाबले पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । सूर्यविनायकबाट दक्षिणतर्फ लागेपछि शान्त र रमणीय जंगलको बाटो भएर रानीकोट पुगिन्छ ।

भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बके

यो धार्मिक मार्ग पनि हो । शिवमार्गीका लागि शिव ट्रेड बनाउन सकिने उनी बताउँछन् । उनका अनुसार सूर्यविनायक मन्दिरबाट तीन किलोमिटर दूरीमा जलेश्वर महादेव मन्दिर पुगिन्छ । त्यहाँबाट ६ किलोमिटरमा आशापुर महादेव हुँदै रानीकोटको बाघभैरव पुगिन्छ । बाघभैरवमा वर्षको दुईपटक मेला लाग्छ ।

रानीकोटबाट काठमाडौं उपत्यका हेर्न सकिने रानीगढी छ । रानीगढी रानीकोटको करिश्मा पनि हो । रानीगढीलाई प्रेमको प्रतीक पनि मान्ने गरिन्छ । पहिले भक्तपुरका राजारानी गर्मी छल्न र प्रेम गर्न रानीकोट जाने गरेको स्थानीय बूढापाका बताउँछन् ।

रानीकोटबाट फुल्चोकी डाँडासम्म ट्रेकिङ रुट छ । यो क्षेत्रमा चराचुरुंगी धेरै पाइन्छन् । चराप्रेमीका लागि पनि उपयुक्त गन्तव्य हो यो । सूर्यविनायकबाट रानीकोट जाँदा चार किलोमिटर जंगलको बाटो हिँड्नुपर्छ । यो निकै रमाइलो छ । रानीकोटबाट सांस्कृतिक सम्पदाको धनी सहर भक्तपुर अवलोकन गर्दा छुट्टै मज्जा आउँछ ।

सेल्फि टावर

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology