शनिबार, जेष्ठ ११, २०७६

१३ औं सागको लोगो र मस्कट सार्वजनिक



काठमाडौं । नेपालमा आगामी डिसेम्वरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमवार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा लोगो र मस्कट अनावरण गरेका हुन्। नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ ।

युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले लोगो र मस्कट सार्वजनिक गरेका हुन् । सागको लागि लोगो बनाउनको लागि खुल्ला गरिएको आवेदनमा ६ जनाले लोगो बनाएर पठाएको र त्यसैबाट भोलानाथ पौड्यालको लोगो छनोट गरिएको सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले जानकारी दिए।

लोगोमा शान्तिको प्रतिक परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ । जसले सार्क राष्ट्रबीच आपसी एकता,भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने छ ।  लोगो डिजाइन गरेवापत पौडेलले १ लाख नगद पुरस्कार समेत पाएका छन् ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology