शनिबार, जेष्ठ ११, २०७६

शताब्दी लागे सत्यमोहन, बग्गीमा राखेर शहर घुमाइयो (फोटोफिचर)



काठमाडौं । संस्कृतिविद सत्यमोहन जोशी १०० वर्षमा प्रवेश गरेका छन्। शताब्दी पुरुष जोशी एक सयौं वर्षमा पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सोमबार विशेष कार्यक्रम गरेको छ।

उनको सम्मानमा सोमबार ललितपुर उपमहानगरपालिकाले रथारोहण गरेको छ। ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै उनलाई बग्गीमा राखेर काठमाडौं महानगरपालिकामा राखेर विशेष सम्मान गरिएको थियो ।

उनको सम्मानमा आजै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर जोशीलाई शुभकामना दिन बिहानैदेखि उनको निवासमा शुभेच्छुकको भीड लागेको थियो।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठएको शुभकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ ।

सन्देश सोमबार बिहान निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो । राष्ट्रपति भण्डारीले पठाएको सो सन्देशमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उनले पु¥याएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्वारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology