शनिबार, साउन ४, २०७६

सरकार निजी क्षेत्र उत्साहित हुने गरी बजेट ल्याउँछ- अर्थमन्त्री खतिवडा

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६



  • काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७मा अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएका छन् ।

    उनले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको सरकारले छोटो समयमै सम्पन्न गर्न सकिने योजनालाई बजेटमा प्राथमिकता दिने बताए । आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताएका हुन् ।

    अर्थमन्त्री खतिवडाले अधुरा योजनालाई सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिने बताए । ‘अधुरा योजनाहरु छिटो सकिने गरी बजेटले प्राथमिकता पाउने छ,’ उनले भने, ‘यसको अर्थ दीर्घकालीन योजनलाई प्राथमिकता नदिइने भन्ने होइन । दीर्घकालीन योजनलाई समेत सँगै लिएर जान्छौं ।’

    त्यस्तै उनले निजी क्षेत्र उत्साहित हुनेगरी बजेट ल्याइने समेत बताए । ‘निजी क्षेत्रलाई उत्साहित गर्न राज्यले लगानी गर्नु पर्दो रैुछ,’ उनले भने ।

    आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित हुने कार्यक्रमहरूका लागि स्पष्ट मापदण्ड बनाएर अघि बढ्ने मन्त्री खतिवडाको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology