शनिबार, जेष्ठ ११, २०७६

राजनारायण पाठकः अख्तियारको बयानमा घुस लिएको स्वीकार, अदालतको बयानमा अस्वीकार



अख्तियारमा बयान दिँदा घुस लिएको स्वीकार गरेका पाठकले विशेष अदालतमा आफुले घुस नलिएको र फसाउन खोजिएको बताएका छन् ।

काठमाडौँ । ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित आयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् । अख्तियारले उनीबिरुद्ध फरार मुद्दा दायर गरेको थियो । पाठक अदालतमा उपस्थित भएपछि बुधबार नै थुनछेक बहस चलिरहेको छ । अदालतमा उपस्थित भएलगतै उनको बयान लिइएको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएको थियो । पाठकले घुस लिएको अडियो–भिडियो सार्वजनिक भएपछि गएको फागुन ३ गते पदबाट राजीनामा दिएका थिए । अख्तियारमा बयान दिँदा घुस लिएको स्वीकार गरेका पाठकले विशेष अदालतमा आफुले घुस नलिएको र फसाउन खोजिएको बताएका छन् ।
उनको बयानपछि थुनक्षेक बहस हुनेछ भने त्यसपछि उनलाई अदालतले धरौती माग्न सक्नेछ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology