आइतवार, भदौ ८, २०७६

एमालेका नेतालाई लाइन लगाएर प्रधानमन्त्री मैले नै बनाएकाे हाे: प्रचण्ड

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६



  • काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगिसकेको बताए । उनले पार्टी एकता पनि हल्ला भएको दिन नभएर हल्ला नभएको दिन भएको स्मरण गराउँदै उनले जेठ तीन गते पार्टी एकता सकिने हल्ला भएकाले त्यो दिन नभए अर्को दिन हुने बताए ।

    उनले भने, ‘पार्टी एकता प्रक्रिया जेठ तीन गते नभए ४, ५ गते भएपनि सकिन्छ । युवाहरुले अलि हतारो गरे युवा संघको एकता जेठ तीन गते टुंग्याउन सकिन्छ । प्रधानमन्त्री आउँदै हुनुहुन्छ । उहाँ आउने वितिक्कै यो विषयमा छलफल हुन्छ ।’

    युवा संघकाे २९ ‍‌‍औं स्थापना दिवसकाे उपक्ष्यमा आयाेजित कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले आफुलाई केहि मानिसहरुले अस्थिर नेता भन्ने गरेको भन्दै आफु निरन्तरताभन्दा क्रमभंगता रुचाउने बताए । उनले हामीभित्र जडता भएको भए अहिले कम्युनिष्टहरु यो ठाउँमा आउन नसक्ने दावी गरे । ‘२०३८ सालमा युवा संघको अध्यक्ष भएदेखि नै मेरो जीवन निरन्तरता र त्यसलाई भंग गरिदिने हुँदै वित्दै आएको छ । यो पार्टी एकता पनि त्यहि निरन्तरताको क्रमभंगको एउछा कडि हो भन्ने मेरो विस्वास छ । विचारको विकास गर्नको लागि पनि जडताको विरुद्ध संघर्ष गर्नु पर्दछ ।’ उनकाे भनाइ थियाे ।

    ‘तपाईहरु विचार गर्नुुस् म सहि छ कि छैन् भनेर । तपाईहरु आलोचना गर्न सक्नुहुन्छ । माक्र्सवादले हामीलाई सिकाएको पनि आलोचक र क्रान्तिकारी हुन हो । दास जस्तो त कम्युनिष्ट हुनै सक्दैन ।’ उनले भने, ‘कमजोरी नहुने इतिहासमा अहिलेसम्म कोहि मान्छे जन्मिएको छैन । भविष्यमा पनि त्यस्तो मानिस जन्मिदैन ।’ गल्तिबाट सिक्दै जानुपर्नेमा उनको जोड थियो ।

    कार्यक्रमा उपस्थित भएको नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालतर्फ देखाउँदै माधव नेपाल संसदमा चाहिन्छ भने र आफुले चिठी लेखेको बताए । उनले भने, ‘माधव नेपाल संसद भएकैले प्रधानमन्त्री हुनुभयो । त्यो वेला म सबैभन्दा ठूलो पार्टी नेता हुँदा झलनाथ खनालाई प्रधानमन्त्री बनाउँदा यो देशको हित हुन्छ भनेर मैले छापामार शैलीमा उहाँलाई प्रधानमन्त्री बनाउन मद्दत गरेको हुँ । त्यति सजिलै हुने स्थिति थिएन । मैले केपी ओलीलाई पनि प्रधानमन्त्री प्रस्था गरेकै हो । भएभरका नेतालाई लाइन लगाएर प्रधानमन्त्री बनाउने मलाई तपाईहरु स्थिर खालको मान्छे भन्नु हुन्छ कि क्या गजबको मान्छे रैछ भन्नुहुन्छ । प्रचण्डले यसाे भनिरहदा कार्यकेताहरु उत्साहित देखिन्थे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology