आइतवार, भदौ ८, २०७६

‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन, यस्तै हाे भने दुर्भाग्य हुनेछ’: ईश्वर पोखरेल

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६



  • काठमाडौँ । नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने बताएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले दुई धार र तीन तरेलीका आधारमा अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा, विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै नेतृत्वको चर्को आलोचना गरे ।

    ‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन । त्यसपछि दुर्भाग्य हुनेछ’ पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै पार्टीको आचरणबारे जनताले बुझ्नेगरी एकरुप धारणा बनाउनु जरुरी भएको बताए ।

    ‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न सक्दैन । संसारका कम्युनिष्ट शासकहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । हाम्रो पार्टी त्यस्तो हुनुहुँदैन । त्यसका लागि नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस्’ पोखरेलले चर्को असन्तुष्टि जनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology