शनिबार, जेष्ठ ११, २०७६

माधब नेपालले सरकारलाई भने- ‘बहुमतको अहंकार छोडी जनताको मन जित्ने काम गर’



काठमाडौं । सत्तारुढ दलका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान ओली सरकारलाई बहुमतको अहंकार छोडी जनताको मन जित्ने काम गर्न सुझाव दिएका छन् । युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाउँदै लोकप्रिय बनाउनेतर्फ गम्भीर बन्न सुझाव दिएका हुन् ।

उनले भने, ‘हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर, मर्कामा सहयोगी भयौ भने जनताको दुःख कष्टमा साथ दियौ भने अनि जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् । नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौ । ख्याल गर्नुहोस्।’

अहिले सम्पुर्ण कम्युनिष्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परीक्षण भइरहेको भन्दै उनले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्नेतर्फ विचार पुयाउन नेतृत्वको ध्यानाकर्षण गराए । सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गरि संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उनले आग्रह गरे ।

उनले भने, ‘हाम्रो आचरण र व्यवहारमा कतै ठुला समस्या त खडा भएका छैनन् ? अनौठो खालका विकृतिहरु झाँगिएका त छैनन् ? भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसँग जोडिएको होस् । पारदर्शिता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुँदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मूल्याँकन गरिन्छ कि गरिँदैन ? यी जम्मै कुराहरुलाई हेर्नुहोस् । किनभने अन्त्यमा तपाईको व्यवहारले नै मान्छेको मन जित्छ ।’

उनले भने, ‘प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौ । ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ ।’

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology