आइतवार, भदौ १, २०७६

भाइले हानेको गोली लागेर दाइको ज्यान गयो

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६



  • वीरगञ्ज । घरायसी विवादका क्रममा भाइले हानेको गोली लागेर दाजुको ज्यान गएको छ । पर्साको जिराभवानी गाउँपालिका १ बलुवामा बिहीबार साँझ भाइले हानेको गोली लागेर गम्भीर घाइते ४८ वर्षीय शेख फारुकको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

                                                                                         फाइल तस्बिर

    घरायसी विवाद भएपछि जिराभवानी १ महादेवपट्टीको बलुवाका शेखलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख फारुक सेराजुद्धिनले नलकटुवा पेस्टोलबाट गोली हानेका थिए। गोलीले दाहिने पाखुरा छेडेर गम्भीर घाइते भएका शेखको शुक्रबार बिहान मृत्यु भएको हो। गोली लागे लगत्तै उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा पुर्याइएको थियो। त्यहाँ पनि उपचार असम्भव देखिएपछि काठमाडौं लाने क्रममा शुक्रबार बिहान ७ बजे उनको निधन भएको हो।

    गोली हान्ने भाइ सेराजुद्धिनलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरिसकेको छ। पेस्तोल र गोलीसहित पक्राउ परेका भाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology