आइतवार, भदौ ८, २०७६

प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर आकस्मिक भरतपुरमा अवतरण

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६



  • चितवन । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

    लुम्बिनी जान उडेको प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको हो ।

    प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए । प्रधानमन्त्री ओली त्यस समयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री आर्मी ब्यारेकमा अवतरण गरेपछि निम्ता गरिएकोले आफू त्यसतर्फ गएको बताइन् । सो भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट भरतपुर हरियाली देखेर आफूलाई खुसी लागेको बताएको मेयर दाहालले बताइन् ।

    मेयर दाहालले पार्टीको काम केही कम भएपछि दुवै अध्यक्षलाई रिफ्रेसिङका लागि भरतपुर आउन निम्ता दिइन् । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology