शनिबार, जेष्ठ ११, २०७६

मैले बालुवाटारमा कुनै स्पष्टीकरण दिएको छैन–दीपशिखा



‘पार्टी अध्यक्षसँग भेटघाट हुनु स्वभाविक हो तर मैले कुनै स्पष्टीकरण पत्र बुझाएको छैन’ दीपशिखाले भने ‘मैले के गल्ति गरेको छु र स्पष्टीकरण बुझाउने ?’ उनले पार्टी र सरकारलाई रचनात्मक सुझाव दिएको तर पार्टी गतिविधिबिरुद्ध कहिले नलागेको बताए ।


काठमाडौं । युवा संघ नेपालका नव नियुक्त संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बालुवाटारमा कुनै लिखित स्पष्टीकर पेश नगरेको बताएका छन् । उनी युवा संघको अध्यक्षमा चयन भएकै बेला नेकपाका दुई अध्यक्षसँग लिखित स्पष्टीकरण पेश गरेरे संयोजक बनेको समाचार बाहिर आएको थियो । समाचारलाई खण्डन गर्दै उनले दुई अध्यक्षको अगाडी बालुवाटारमा कुनै लिखित स्पष्टीकरण नदिएको बताए ।

‘पार्टी अध्यक्षसँग भेटघाट हुनु स्वभाविक हो तर मैले कुनै स्पष्टीकरण पत्र बुझाएको छैन’ दीपशिखाले भने ‘मैले के गल्ति गरेको छु र स्पष्टीकरण बुझाउने ?’ उनले पार्टी र सरकारलाई रचनात्मक सुझाव दिएको तर पार्टी गतिविधिबिरुद्ध कहिले नलागेको बताए ।

युवा संघको संयोजकमा दीपशिखालाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको समाचार बाहिर आएको थियो । दीपशिखाले सामाजिक सञ्जालमा पार्टी र सरकारबिरुद्ध जथाभावी लेखेको भन्दै प्रधानमन्त्री असन्तुष्ट भएको बताइएको थियो । तर दीपशिखाले पार्टीलाई रचनात्मक सुझाव दिएका बताएका छन् ।

प्रधानमन्त्री ओलीले युवा संघको अध्यक्ष बनाउन अस्वीकार गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर लिखित प्रतिबद्धता गराउन लगाएको बजार हल्ला चलेको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology