आइतवार, भदौ ८, २०७६

विकासका लागि सकारात्मक सोच आवश्यक- मुख्यमन्त्री भट्ट

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६



  • बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि सकारात्मक सोच आवश्यक भएको बताएका छन् । उनले सकारात्मक सोचको अभावले प्रदेश विकासमा पछि परेको बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराद्वारा आयोजित २६औँ मदन आश्रित स्मृति दिवसका अवसरमा मुख्यमन्त्री भट्टले नेतृत्व तहमा बस्नेले सकारात्मक सोच राख्नुपर्ने उल्लेख गरे । “सकारात्मक सोच राखे दुर्गमको विकास सम्भव छ”, उनले भने, “दूरदराजमा रहेका जनतालाई सकारात्मक सोचले नै मूलधारमा जोड्न सकिन्छ ।”उनले प्रदेश सरकारसँगै स्थानीय तहलेसमेत विकासका बारेमा सोच्नु जरुरी रहेको बताए ।

    मुख्यमन्त्री भट्टले बाजुरा पर्यटन, उद्योग र कृषि क्षेत्रमा थुप्रै सम्भावना भएको जिल्ला भएकाले स्थानीय सरकारले कार्य योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । जिल्लाको प्राकृतिक स्रोतसाधनको परिचालनले आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जिल्लाको विकासका लागि व्यक्ति र समुदाय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology