शनिबार, जेष्ठ ११, २०७६

फेरी राष्ट्रपतिको कोपभाजनमा उर्मिला अर्याल, पुरानो रिसिव साँध्दा प्रचण्डको जोड चलेन



काठमाडौं । पार्टी एकताको एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको मुल नेतृत्व टुंग्याएको छ । मुल नेतृत्व टुंग्याउँदा पनि नेकपामा उत्साह जाग्न सकेन । आशाभन्दा निराषा नै बढि देखिएको छ ।

जनवर्गीय संगठनमा नेकपाका शीर्ष नेताबीच मात्र भागबन्डा भएन, राष्ट्रपति बिद्यादेवी भण्डारीले पनि ठुलै चासो देखाइन । राष्टपतिको चासोले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संकटमा परेभने उनले बनाउन खोजेका केही ब्यक्ति कोपभाजनमा परे ।

जनवर्गीय संगगनमा पूर्वमाओवादीले युवा, जनजाति, महिला, दलित, अपांग संगठनको मुल नेतृत्व लिएको छ । युवामा रामप्रसाद सापकोटा दीपशिखालाई संयोजक बनाउन सकेपनि महिलाको नेतृत्व उर्मिला अर्याललाई दिन सकेनन् । महिलाको नेतृत्व अर्याललाई दिने तयारीमा प्रचण्ड थिए । तर उर्मिलाको नाममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मात्र असमति जनाएनन्, राष्ट्रपति भण्डारीले दवाव नै दिइन । प्रचण्ड निकट स्रोतका अनुसार महिलाको नेतृत्व उर्मिलालाई दिने गरी प्रस्ताव गरेका थिए । उर्मिलाको नाम सुन्ने वितिक्कै ओलीले विकल्प खोज्न प्रचण्डलाई आग्रह गरेका थिए । उर्मिलालाई कुनैपनि हालतमा संयोजक बनाउन नसकिने ओलीले अडान लिएका थिए ।

२०७० सालअघि एमाले छाडेर उर्मिला माओवादीमा पुगेकी थिइन । एमाले छाड्नुको मुल कारण थियो बिद्यादेवी भण्डारीसँगको टकराव । महिला संगठनमा उनले उर्मिला र उनी पक्षका नेत्रीहरुलाई निकै ठुलो दवावमा राखेकी थिइन । अखिल नेपाल महिला संघको पोखरा अधिबेशनमा बिद्या र उर्मिलाबीच निकै ठुलो टकराव परेको थियो । एकअर्काले सिध्याउने तहमा पुगेका थिए । बिद्याका कारण एमालेमा टिक्न नसकेपछि उर्मिला माओवादी केन्द्रमा छिरेकी थिइन ।

राष्ट्रपति भइसक्दा समेत उर्मिलासंगको पुरानो रिसिवी अझै साँधिरहेकी छिन् । उर्मिलालाई अनेमसंघको संयोजक बनाउने प्रचण्डको योजनामा राष्ट्रपति बिद्यादेवी भण्डारीले असन्तुष्टी जनाइन । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी दुवैले असन्तुष्टी जनाएपछि प्रचण्ड पछि हटे । उर्मिला फेरी पुरानो गुटको शिकार बनिन भने राष्टपतिको कोपभाजनमा परिन ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology