आइतवार, भदौ ८, २०७६

बुद्ध नेपालका हेरिटेज हुन्

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६



  • डा. नरेशमान बज्राचार्य (लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति)

    बुद्ध नेपालका हेरिटेज हुन् । र, पनि नेपालमा यसको महत्व बुझिएको छैन । बर्षको एकपटक बुद्धजयन्ती मनाएर, बुद्धको दर्शन बुझिदैन । बुद्धको बारेमा सामान्य जानकारीका लागि पनि बुद्धिस्ट अध्ययन देशव्यापी हुन आवश्यक छ ।

    अमेरिकामा मात्रै बुद्धिज्म पाँच सय विश्वविद्यालयहरुमा पढाइ हुन्छ । त्यहाँका मान्छेले बुद्धको बारेम अथाह जानकारी पाइसके । नेपालमा भने अझै त्यसो हुन सकेको छैन । यसको कारण बुद्धिज्म अध्ययनप्रति चासो कम हुनु हो ।

    बुद्धिजमको पढाइ नेपालमा बिस्तृत छैन । मैले २०५८ सालमा त्रिभुवन विश्वविद्यालयमा बुद्धिष्ट अध्ययन विभागको संस्थापक भएर काम गरें । लामो समय त्यहाँ प्रध्यापक भएपछि मैले काठमाडौं विश्वविद्यालयमा पनि बुद्धिज्म विभाग खोलें । मेहन्द्र संस्कृत विश्वविद्यालय र लुम्बिनी विश्वविद्यालय गरी चार विद्यालयहरुमा बुद्धिज्म पढाउने व्यवस्था गरियो । लुम्बिनी विश्वविद्यालयको म पूर्व उपकुलपति समेत भएर काम गरें ।

    नेपालमा पश्चिमेली शिक्षाको बढी प्रभाव परेको छ । नेपालको विकासको लागि त्यो रामै हो । तर बुद्धिज्म अध्ययन छुटिरहेको छ । त्यसो हुनु बुद्धिज्ममा करियर नदेखेर हुन सक्छ । तर बुद्धिज्म करियरका लागि भन्दा पनि ज्ञानको लागि पढने हो । हेरिटेज भनेर पढ्ने हो । बुद्धिज्म पढ्नु बुद्धको सबै पक्षको बारे अध्ययन गर्नु हो । बुद्ध दर्शनको ज्ञान हुनु हो ।

    बुद्धिस्ट प्रध्यायपकको कमी छ

    महेन्द संस्कृत विद्यालयमा विए.एम, त्रिविबाट विए.एम.ए । के.यू.मा विए.एम.ए र लुम्बिनीमा.विए,एमए, पिएचडि छ । लुम्बिनी विश्वविद्यालयको त म स्थापनाकालदेखि थिएँ । मैले बुद्धिज्म पढाएका धेरै विद्यार्थीहरु अहिले बुद्धिज्म पढाउँदै आइरहेका छन ।

    नेपालमा पढाइ हुने बुद्धिज्मको पढाइ अझै गुणस्तर हुन सकेको छैन । र व्यवस्थित पनि हुन सकेको छैन । दश वर्षदेखि बाल्मिकी कलेजमा बुद्धिज्म विभाग अस्तव्यस्त नै छ । काठमाडौं विश्वविद्यालयमा भने केही सुधार छ । त्यसो हुनु निजिभएकोले हुन सक्छ । फेरि त्यहाँ नेपालीभन्दा बढी विदेशी विद्यार्थीहरु बुद्धिज्म अध्ययन गरिरहेका छन् ।

    बुद्धिज्म अध्ययन गुणस्तरीय बनाउन नसक्नु भाषाको समस्या हो । दोस्रो, प्रध्यापकहरुको अभाव छ । अनि जनशक्तिको अभाव छ । अझ बुद्धिज्मको मर्म बुझने मान्छे कम भएकोले पनि यो अध्ययन पछाडि परेको हो । कमी हुनुको कारण यसमा चासो नराख्नु हो । अथवा अवसर नदेख्नु पनि हो ।

    काठमाडौं विश्वविद्यालयले त नेपालीभन्दा बढी विदेश विद्यार्थीलाई पढाउदै पनि आएको छ । पछिल्लो समय बुद्धिज्म पढ्ने विद्यार्थी संख्या घट्दै गएको सुनेको छु ।

    जबसम्म मुल ग्रन्थलाई अध्ययन गरिन्न बुद्ध दर्शन बुझिन्न पनि । अहिले नेपालमा यसको विस्तार हुँदै छ । लुम्बिनी विश्वविद्यालय अन्तरगत पाँचवटा कलेजहरुमा अध्ययापन गराइदै छ । यसो हुनु बुद्धिज्म अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढ्नु पनि हो ।

    सम्भावना प्रशस्त छ

    कतिपय मान्छेलाई बौद्ध अध्ययन गरेर भविष्यमा ‘सर्भाइभ’हुन सकिन्छ कि सकिन्न भन्ने होला ?नेपालमा त जुन विषय अध्ययन गरेपनि सर्भाइभ हुन गाह्रो छ । यहाँ एक ठाउँ काम गरेर जीवन गुजारा गर्न गाह्रो छ । कति मान्छेले पार्ट टाइम काम गर्छन । त्यसो होला भने बुद्धिज्म नपढ्ने त ?

    यो विषय ज्ञानको लागि पढ्ने हो । फेरि नेपालमा बुद्ध दर्शन बारे बुझेकाहरुलाई राम्रै स्कोप छ । मैले पढाएका विद्यार्थीहरु अहिले राम्रै कमाइरहेका छन् । दैनिक पर्यटकलाई बुद्धकै बारे बताइरहेका छन् । जागिर पाइने ग्यारेन्टी कुनै पनि विषयले दिँदैन । त्यो त पढ्दै गएपछि आफ्नो ट्यालेन्टले दिने हो ।

    नेपालमा जन्मिएका बुद्धको बारेमा बुझ्न नेपालमै कहिलेसम्म गुम्बा चाहर्ने हो ?

    पछिल्ला पुस्ता बुद्धिज्म पढ्न चासो राखेका छन् । उनीहरुले आफ्नो बचेको समयलाई बुद्धिज्म पढ्न लगाइरहेका छन् । उनको दर्शनबारे चासो राखेका छन् । बुद्धिज्मले मान्छेको मान शान्त पार्छ । सद्भाव ल्याउछ ।

    अन्य विषय पढेकाहरु पनि बैदेशिक रोजगारीका लागि पलायन हुनु परेको छ । यदि बुद्धिज्म पढिने हो भने पलायन हुनु पर्दैन । पलायन भइहाले पनि बुद्धिज्म पढेको मान्छेले विदेशमा पनि रामै्र अवसर पाउछ । उसको सम्भावना देश विदेशमा उत्तिकै सुनश्चित छ ।

    बुद्धिज्म पढ्ने अधिकार छ

    बुद्धिज्म पढाइ भइरहेका कलेजहरुमा बुद्धिज्म विभाग खस्किरहेको अवस्था पनि छ । त्यो नेतृत्वको अभावले पनि हो । र, राज्यपक्षले थप बुद्धिज्म अध्ययनलाई बिस्तार गरिदिनु प¥यो । अन्य विषयमाजस्तो कमर्सियल भ्यालु खोजेर भएन नि । यो कुरा हामा राजनीतिज्ञहरुले बुझ्नु प¥यो । हामीले बौद्ध अध्ययन किन नपढ्ने ? सबै पक्षका विज्ञहरुले चासो देखाउनु प¥यो ।

    युवाहरुलाई बुद्धिजम पढ्न आकर्षित गर्नमा सरकारले अनिवार्य विषय बनाउनु प¥यो । अनि विद्यार्थीले पढ्न चासो राख्छ । कुनै अपरिचितले बौद्ध दर्शनबारे बताउने अवसर पाउने छन् । त्यतिखेर आफुले पढेको विषयमाथि विद्यार्थीले गर्व गर्ने छन ।

    बौद्ध ध्यानमा प्रवेश गर्दाखेरी रामै्र रसाश्वादन हुन्छ विद्यार्थीलाई । बिस्तारै आकर्षण बढ्छ । अब नेपाल सरकारले नै यस किसिमको पहल आम विद्यार्थीसम्म पु¥याउन सक्नु प¥यो ।

    बुद्धिजमको आफ्नै महत्व छ । यसलाई नेपालमा पनि व्यापाक बनाउन सकिन्छ । शिक्षाको मुलधारमा ल्याएर नर्सरीदेखि उच्चशिक्षासम्म पढाउने ब्यवस्था गर्न सकियो भने बुद्धबारे सबै नेपालीलाई थाहा हुन्छ ।

    बुद्धिज्म अध्ययन प्राथामिक कक्षाहरुबाट राख्नु पर्ने औचित्य छ । किनभने सौभाग्यले नेपालमै जन्मिए गौतम बुद्ध । बुद्ध जन्मिएको देशको नागरिक भन्ने गौरव पाएका छाैं । त्यस अनुसार सबै नेपालीले बुद्धबारे थाहा पाइराख्नु पनि पर्छ ।

    बुद्धबारे जान्न पाउने हरेक नेपालीको नैसर्गिक अधिकार छ । या त छुट्टै बौद्ध अध्ययन खोल या त भएको कलेजमा बौद्ध अध्ययन पढाउनु प¥यो । यसो गर्दा खर्च कम र सहज पनि हुनेछ ।

    हरेक नेपालीलाई बौद्ध दर्शनको ज्ञान होस् र आफ्ना सन्तती र पर्यटकलाई एक घण्टा गौतम बुद्ध दर्शनबारे बोल्न सकियोस् । र, सुन्नेले व्हा बुद्ध दर्शन भन्न सकुन ।

    कुराकानीमा आधारित

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology