शनिबार, जेष्ठ ११, २०७६

आज लुम्बिनीमा बुद्धको त्रिसंयोग दिवस, सजियो तिलौराकोट



लुम्बिनी । लुम्बिनीमा आज २५६३ औँ बुद्ध त्रिसंयोग दिवस मनाइदैछ । त्रिसंयोग दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नै लुम्बिनी पुगिसकेका छन् । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले त्रिसंयोग दिवस मनाउन थालिएको हो ।


२५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको दरबार त्यागेर ज्ञानको खोजीमा निस्किएका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि बुद्धका रुपमा उनले विश्वप्रसिद्धि पाए ।

बुद्धले दिएका उपदेशमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो ।
यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।
जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् । यसैगरि, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ ।

बुद्धपूर्णिमाको त्रिसंयोगको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदैछ ।

नेपालमा बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको क्रिडास्थल शुद्धोधनको दरबार क्षेत्र रहेको तिलौराकोट र कपिलवस्तु क्षेत्र, बुद्धको अस्तु धातु रहेको रामग्राम, मावली देवदहलगायतका क्षेत्र तथा बौद्ध गुम्बा, विहारहरुमा भव्य रुपमा बुद्धपूर्णिमा मनाईँदैछ ।

यस्तै शनिबार नै लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नेछन् ।

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा विरुवा रोप्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए । त्यसपछि बिहान ११ बजे मुल समारोह शुरु हुनेछ ।

बुद्धपूर्णिमाको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई ५–५ हजारका दरले मायादेवी छात्रवृत्ति वितरण गरिने छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology