शनिबार, जेष्ठ ११, २०७६

‘मिडिया काउन्सिल विधेयक’ प्रेसस्वतन्त्रता विरुद्ध ‘मृत्युको घण्टा’ हुन सक्छ: कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले हालै ल्याएको ‘मिडिया काउन्सिल विधेयक’ प्रेसस्वतन्त्रताविरुद्ध ‘मृत्युको घण्टा’ हुनसक्ने दावी गरेका छन्। अध्यक्ष थापाले शनिबार बिहान ट्विट गर्दै प्रजातन्त्रको मेरुदण्डको रूपमा रहने प्रेसस्वतन्त्रतालाई संकुचित बनाउने विधेयकका प्रावधान हटाउन माग गरेका छन्।

अध्यक्ष थापाले लोकतन्त्रको अभ्यास भइरहेको बेला प्रेसविरुद्ध कठोरता र काउन्सिलको स्वयत्तताको हनन उपयुक्त नभएको बताएका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्,

‘लोकतन्त्रको अभ्यास भइरहेको बेला प्रेसविरुद्ध कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन उपयुक्त हुँदैन’ ।

प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै यतिवेला मिडिया काउन्सिल विधेयक रोक्न माग गर्दै पत्रकारहरू आन्दोलनमा छन् । सरकारले ल्याएको यो विधेयकको चौतर्फ विरोध भैरहेको छ । सरकारले भने सोचिविरी यो विधेयक ल्याएको दावी गरेको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology