आइतवार, भदौ १, २०७६

३५ लाख नगदसहित ३ जना हुण्डी कारोबारी पक्राउ

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६



  • काठमाडौं । प्रहरीले ३४ लाख ८९ हजार २ सय रुपैयाँसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई छन् ।

    महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार चाबहिलको दीर्घायु हस्पिटल पछाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो । ‘त्यहाँ कोठा भाडामै लिएर उनीहरुले हुण्डी कारोबार गरिरहेका रहेछन्’, उनले भने, ‘विशेष सूचनाको आधारमा पक्राउ गरेका हौं ।’

    बोगटीका अनुसार उनीहरुको साथबाट हुण्डी कारोबार उल्लेख भएको कागजपत्र र पैसा गन्ने उपकरण पनि बरामद भएको छ ।

    पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology