सोमवार, असार २, २०७६

विप्लव नेकपाले अपहरण गरे तर कुनै शारिरीक यातना दिएन: नेपाली सेना शाही



काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो।

शाही अपहरणका लागि २०-२५ जनाको समूहको टोली उनको घर पुगेको थियो। त्यसमध्ये ९ जना महिला रहेको सैनिक स्रोतले उल्लेख गरेको छ।

शाही विप्लवका कार्यकर्ताको पञ्जाबाट भागेर तालिमरत स्थान सैनामैनास्थित श्री नम्बर दुई गणमा फर्केका छन्। शाही कति दिन अपहरणकारीको कब्जामा रहे त्यो विषय भने खुलेको छैन।

शाहीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको जंगी अड्डाका अधिकारीले पुष्टि गर्दै भने, ‘अपहरणमा परेका सैन्य अधिकारी सेनाको सम्पर्कमा आएका छन्। उनी सकुसल छन्।’अपहरणका बेला विप्लव समूहले आफूलाई कुनै शारीरिक यातना नदिएको शाहीले जानकारी गराएका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology