शुक्रबार, साउन ३, २०७६

लिभरपुल बन्यो यूरोपियन च्याम्पियन्स लिगको च्याम्पियन

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • एजेन्सी । लिभरपुल यूरोपियन च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । यूरोपियन च्याम्पियन्स लिगको उपाधी लिभरपुलले जितेको छ । टोटनहम हट्सपरलाई २-० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको छ ।

    लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओर्गीले एक एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो। साडियो मानेको क्रस डि बक्सभित्र टोटनहमका माउसा सिसाकोको हातमा लागेपछि पेनाल्टी पाएको थियो । मोहम्मद सलाहले पेनाल्टीलाई गोलमा परिणत गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।

    खेलको ८७औं मिनेटमा डिभोक ओर्गीले दोस्रो गोल गर्दै लिभरपुललाई जित सुनिश्चित गरे । लिभरपुलले छैटौं पटक यूरोपियन लिगको च्याम्पियन बनेको छ । इङ्लिस क्लबहरुमा लिभरपुल यूरोपमा सबैभन्दा सफल क्लब पनि हो। लिभरपुल गत सिजनको उपविजेता समेत हो। उक्त सिजनमा लिभरपुल रियल म्याड्रिडसँग पराजित हुँदै उपविजेतामा सीमित रहेको थियो।
    लिभरपुलले गत सिजनको फाइनलमा यूक्रेनमा उनीहरुबाट रियल म्याड्रिडले खोसेको ट्रफी जितेसँगै मड्रिडको मेट्रोपोलिटिनो स्टेडियममा खेलाडी, अफिसियल तथा समर्थकहरुले जमेर सेलिब्रेसन गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology