सोमवार, असार २, २०७६

यो सम्मानमा मेराे जति नै तिम्राे पनि याेगदान छ साथी….. 



 

  • लक्ष्मी गुरुङ, संविधानसभा सदस्य तथा सहिद परिवार

नेपाल सरकारको आधिकारिक लोगो सहितको फोटो हात परेको थिएन् । सुचना बिभाग तिल्गङ्गाबाट फोटो लिएर अन्य माननिय ज्युहरुको साथ फर्कदै थिए । ,एक जना सहिद पत्निको कल आयो । कहाँ छौं तिमी ? मलाई एक छिन भेट है काम छ भन्नुभयो । अलि भोक पनि लागेको थियो । उस्कै रुममा जाउला र केहि खाउला भन्ने सोच्दै त्यता लागें । उनी मलाई लिन चोकमा आइसकेकि थिइन् ।

उनको कोठामा पुँगेर खाजा खँदै कुराकानी गरियो । राजनीतिक कुरा नै भयो । अलि अलि ब्यक्तिगत सुख दुखका कुरा पनि । उनी म तिर हेर्दै भन्दै थिइन्– संबिधानसभा पदकबाट सुभोसित भयौ है ? मैले भने– भैयौं । तर, यसमा योगदान तिम्रो पनि छ । तिमीहरु जस्ता हजारौं आमा दिदी–बहिनीहरुको छ । उसको अनुहार अलि मलिन थियो । तर, इतिहासले दिएको जिम्मेवारी बिना हिच्किटाहट पुरा गरेकोप्रति गर्ब गर्छु भन्दै बधाई तिमीलाई भनिन् । म अलि भावुक भएँ । मेरो चेहेरा हेर्दै उसको मुहार पनि भावुक नै देखिन्थ्यो । म मन मनै सोच्दै थिएँ । म उनलाई भन्दै थिएँ तिम्रो पनि मेरो भन्दा कम योगदान छैन नि, यत्ति हो यो अबसर मलाई जुर्यो तिमीलाई जुरेन । मोबाइलमा भएको यो फोटो नजर छल्दै हेरे । मन मनै भने यसमा हिस्सा जति मेरो छ त्यति तिम्रो पनि छ ।

कुरा धेरै भएँ । १० बर्स जनताको अधिकारको निम्ति पाखा पखेरामा चहरेका कथा जस्तै लाग्ने ती पलहरुको याद गर्यो । आफुलाई पुनः त्यहि सेरोफेरो पुर्यायौं । राजनिति यात्रामा अबिचलित लाग्दै पृथक इतिहास बनाउन सफल महिला नेतृहरुको राजनितिक सफलता र शृङ्खलाको याद र समिक्षा पनि गरियो । रात पर्यो । म विदा भएर हतार–हतार निबासतिर लागें । गाडिको कुनाको एउटा सिटमा गएर बसें । अलि बढी उही भर्खर छुटिएर आएको सहयोद्दा साथिको याद आयो । ऊसँग भएका कुराहरु मनमा खेलिरहेका थिए । अलिअलि भावुकता र अलिअलि खुसी मिसिएको अनुभूति भैरहेको थियो । उस्ले अझै पनि बाँकि जीबन केहि गर्छु भन्ने साहस बटुलेको देखेर मन मनै म उत्साहित थिएँ । यस्तै सह योद्धाहरु हिजो यो देशले पाएको थियो र त आज हामीले परिवर्तनको प्रत्यक्ष महसुस गर्न पाएका छौं ।

 यो सम्मानको सबै भन्दा ठूलो श्रेय  

  • जन युद्ग जन आन्दोलन को महान सहिदहरु
  •  जन आन्दोलन जन युद्द्का घाइते योद्दाहरु
  • महान बेपत्ता योद्दाहरु
  • क्रान्ति र शान्ति प्रकियाको महान राजनीतिक भूमिका निर्बाह गर्नु हुने समपूर्ण नेतृत्व गण, गणतन्त्र सबिधान निर्माणको ऐतिहासिक प्रक्रियामा भाग लिई साथ दिनु हुने नेपाली जनता
  • सहिद परिवार / बेपत्ता परिवार
  •  काख रित्तो बनाएर पनि देशको माया गर्ने महान् आमा-बाबहरु
  • सिउँदो रित्तिए पनि देश निर्माण गर्ने यात्रामा सहभागी  दिदी बहिनीहरु
  • देशलाई नयाँ ब्यबस्था सुम्पिएर खाडिको राप र तापमा पसिना चुहाइरहनु भएका सहयोद्दाहरु
  • संविधान निर्माण मा सकृय भूमिका खेलि आफ्नो भूमिका पुरा गर्नु हुने मा संविधानसभा सदस्य ज्युहरु

गाडिबाट ओर्लेर बाससम्म पुग्दा म यहि सोच्दै थिएँ । मेरो मन पालै पालो सम्झदै थियो । तिनै इतिहासका रचनाकार हरुलाई ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology