शुक्रबार, साउन ३, २०७६

ठूला भ्रष्टाचार राष्ट्रिय सहमतिमा हुन्छ: सांसद भुसाल

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६



  • काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले ठूला भ्रष्टचार राष्ट्रिय सहमतिमै हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले निःसन्देह ठूला भ्रष्टचार एक्लै हुन नसक्ने ठाेकुवा गरेका हुन् ।

     

    “मैले कहिलेकाहीँ भन्ने गरेको छु– अर्बभन्दा माथिको भ्रष्टाचार ब्युरोक्रेसी (कर्मचारीतन्त्र)ले गर्न सक्छ ? यद्यपि कहिलेकाहीँ कारवाही हुँदा त्यही पर्छ । माथिका कम पर्ने गरेका छन् । यसर्थ निःसन्देह भन्न सकिन्छ, ठूला भ्रष्टाचार एक्लै हुँदैन । त्यहाँ राष्ट्रिय सहमति बन्छ । मिलिट्री इन्डस्ट्री नेक्ससजस्तै दलाल पुँजीवाद र परजीवी राजनीतिको नेक्सस छ,” उनले भने ।

    सांसद भुषालले भ्रष्टचार कुनै पार्टीविशेषको मात्र चरित्र नभइ आम चरित्र रहेको औँल्याए । मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको प्रतिक्रिया दिएका छन्

    बजेटले परिवर्तनपछिको अवस्थालाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले राजनीतिक आयामबाट यसको चर्चा हुनुपर्नेमा जोड दिए ।

    “यसो हेर्दाखेरी हामी सत्ताधारी हौँ, शक्ति चलाउनुपर्ने छ, सत्ता चलाउनुपर्नेछ, बजेट बनाउनुपर्नेछ, लागु गर्नुपर्नेछ, अनेक काममा व्यस्त छौँ । प्रतिपक्षले गर्छ भनेको, ऊ त अझै पराजयको पीडाले ब्युँझिएको पनि छैन । यसरी घाइते भएको छ कि, उठेको पनि छैन । उसले अस्ति जनजागरण अभियान चलाउँदै पनि थियो ।’ उनले प्रतिपक्षी दल कांग्रेस मसिना कुरामा अल्झिएकाे आराेपसमेत लगाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology