सोमवार, असार २, २०७६

कहाँ अड्कियो नेकपाको कार्यविभाजनको हलो ?



काठमाडौं । नेकपाका केन्द्रीय नेताहरूको कार्यविभाजनका लागि बुधबार देस्रो दिन पनि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्यो । तर, कुरा मिलेन । जिम्मेवारी तोक्ने विषयमा मापदण्डमै कुरा नमिलेको एक नेताले बताए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल सकारात्मक दिशामा अघि बढेको बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कार्यव्यस्तताले बुधबार जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन नसकिएको उनले सुनाए ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को विशेष कारणले गर्दा ठोसरुपमा इन्चार्ज र सहइन्चार्ज टुंग्याउने प्रक्रियामा प्रवेश गर्दागर्दै पनि समयले साथ दिएन’, उनले भने ।

बिहीबार जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएर थप कार्यविभाजनका विषयमा प्रवेश गर्ने उनले बताए । पार्टी एकताको एक वर्षपछि नेकपाले पोलिटब्युरो गठन थाती राखेर विभागहरुमा जिम्मेवारी तोक्ने तयारी गरेको छ । तर, एकै विभागमा दुई–तीन जना नेता दाबेदार निस्किएपछि शीर्ष नेतृत्वलाई मिलाउन सकस परेको हो । यो अवधिमा नेकपाले केन्द्र, प्रदेश र जिल्लालगायत कमिटी गठन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology