आइतवार, भदौ १, २०७६

‘समाजवाद: वैज्ञानिक र काल्पनिक’- एंगेल्स

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २३, २०७६



  • १८९२ को अंग्रेजी संस्करणको विशेष भूमिका

    यो सानो पुस्तक मूलतः एउटा बृहत ग्रन्थको अंग हो । सन् १८९२ तिर बर्लिन विश्वविद्यालयका सहायक प्रोफेसर डा। यू। ड्युहरिङ्गले एकाएक एवं साह्रै जोडसाथ आफू समाजवादको हिमायती भएको घोषणा गरे । उनले जर्मन जनतासमक्ष एउटा विस्तृत समाजवादी सिद्धान्त मात्र होइन, समाजको पुनर्गठन गरे र उनले सबभन्दा बढी रिस माक्र्समाथि खन्याएर सम्मान गरे ।

    यो घटना लगभग त्यसबेला भयो, जब जर्मन समाजवादी पार्टीका दुवै शाखाहरु ९आइजेनाखपन्थी तथा लासालपन्थी० भर्खर–भर्खर एक भएका थिए र यसप्रकार उनले आफ्नो शक्ति धेरै बढाएका थिए । तर अर्को बढी महत्वपूर्ण कुरा यो हो कि उनले उक्त समुच्च शक्तिलाई आफ्ना सामान्य शत्रुहरुको विरुद्धमा लगाउने क्षमता पनि प्राप्त गरेका थिए । जर्मनीका समाजवादी पार्टी तीव्रतापूर्वक एउटा शक्ति बन्दै गइरहेको थियो । तर त्यसलाई एउटा शक्ति बनाउने पहिलो शर्त यही थियो कि भर्खरै प्राप्त गरिएको एकतालाई खतरा नपुगोस् । तथापि डा। ड्हरिङ्गले खुलेआम आफ्नो वरिपरि एउटा गुट, एउटा भावी पृथक पार्टीको केन्द्र बनाउन शुरु गरे । यसकारण यो जरुरी भयो कि हामीलाई जुन चुनौती दिइएको थियो, त्यसलाई हामी स्वीकार गरौं र मन लागे पनि नलागे पनि यो युद्ध लडौं ।

    यो काम ज्यादै मुश्किल नभए पनि प्रशस्त मिहेनत गर्नु पर्ने चाहिं अवश्य थियो । जस्तो कि हामीलाई थहा छ, तपाई जेसुकै भन्नुस्, हामी जर्मनहरु अत्यन्तै सम्पूर्णतापूर्वक, ज्यादै गंभीरतापूर्वक या उग्र गंभीरतापूर्वक काम गर्ने गर्दछौं । हामीमध्ये जो कोहिले जब कुनै सिद्धान्तको प्रतिपादन गर्दछ, जुन उसको दृष्टिमा नवीन हो, तब उसले सबभन्दा पहिले त्यसलाई एउटा सर्वव्यापी व्यवस्थाको रुपमा विस्तार गर्नु आवश्यक सम्झन्छ ।

    त्यसलाई यो सिद्ध गर्नु छ कि तर्कशास्त्रको प्राथमिक सिद्धान्त तथा सृष्टिको मूल नियम अनन्त कालदेखि यसकारणले चलिआएका छन् कि अन्ततः तिनीहरुको परिणति यस नयाँ आविष्कृत चरम सिद्धान्तमा हुनुपर्छ । र, यस मामिलामा डा। ड्युहरिङ्ग जातीय अभिमानबाट कुनै पनि अर्थमा घटी थिएनन् । एउटा सम्पूर्ण ‘दर्शन–व्यवस्था’ ९मानसिक, नैतिक, प्राकृतिक तथा ऐतिहासिक, एउटा सम्पूर्ण राजनीतिक अर्थशास्त्र तथा समाजवादको व्यवस्था र अन्तमा राजनीतिक अर्थशास्त्रको आलोचनात्मक इतिहास० केही नभए पनि आठपेजी साइजका तीनवटा मोटा ठेलीहरु भित्र–बाहिर दुवैतिर वडा गहन, मानौं सामान्यतया सबै पुराना दार्शनिक तथा अर्थशास्त्रीहरुको र विशेष गरी माक्र्सको विरुद्ध तर्कका तीन सेना दल खडा गरिएका छन् । वास्तवमा ‘विज्ञानमा क्रान्ति’ आमूल क्रान्ति ल्याउने यो एउटा कोशिश थियो र मलाई यी सबै कुराहरुसँग लड्नु थियो ।

    समय र स्थानको अवधारणादेखि लिएर द्विधातुवादसम्म, भूतद्रव्य र गतिको नित्यतादेखि लिएर नैतिक धारणाहरुको अनित्यतासम्म डार्विनको प्राकृतिक छानौटको सिद्धान्तदेखि लिएर भावी समाजमा युवाहरुको शिक्षासम्म– मलाई हर सम्भव विषयको विवेचना गर्नु थियो । जसरी भए पनि, मेरा प्रतिद्वन्द्वीको व्यवस्थित व्यापकताले मलाई उनको मुकाविलामा अनेकानेक विषयहरुमा माक्र्स र मेरो आफ्नो विचारहरुलाई पहिलेभन्दा बढी सम्बद्ध रुपमा प्रकट गर्ने अवसर प्राप्त भयो र यही नै त्यो मुख्य कारण थियो, जसले मलाई यो अन्यथा अप्रिय कामलाई हातमा लिन विवश गरायो ।

    मेरो उत्तर पहिलो समाजवादी पार्टीको मुखपत्र लाइप्जिकको मा एउटा लेखमालामो रुपमा र पछि ‘श्री यूजेन ड्युहरिङ्गद्वारा विज्ञानमा प्रवर्तित क्रान्ति शीर्षकको एक पुस्तकको रुपमा प्रकाशित भयो । यस पुस्तकको दोस्रो संस्कारण जूरिचबाट १८१६ मा प्रकाशित भएको थियो । आफ्नो मित्र हाल फ्रान्सेली प्रतिनिधि सभामा लिलका प्रतिनिधि पौल लाफार्जको आग्रहमा मैले यस पुस्तकका तीन आध्यायहरुलाई एक पुस्तिका ९पम्फ्लेट¬० को रुप दिएँ । उनले उक्त पुस्तिकालाई अनुवाद गरेर ‘समाजवादस् काल्पनिक र वैज्ञानिक’ शीर्षकमा १८८० मा प्रकाशित गरे । त्यस फ्रान्सेली पाठबाटै पोलिश र स्पेनिश भाषाका संस्करणहरु तयार गरिए । १८८३ मा हाम्रा जर्मन साथीहरुले त्यस पुस्तिकालाई मूल भाषामा प्रकाशित गरे । त्यसबेलादेखि यो जर्मन पाठको आधचारमा इटली, रुसी, डेनिश, डच तथा रुमानी भाषाहरुमा यसको अनुवादहरु प्रकाशित भइसकेका छन् । यसरी हालको अंग्रेजी संस्कारण समेत यो पुस्तिका दश भाषाहरुमा प्रचलित छ । जहाँसम्म मलाई थाहा छ, अरु कुनै पनि समाजवादसम्बन्धी पुस्तकहरुको यहाँसम्म कि १८४८ को हाम्रो ‘ कम्युनिष्ट घोषणापत्र या माक्र्सको कृति पूँजीको पनि यति धेरै अनुवाद छैनन् । जर्मनीमा यसका कुल मिलाएर लगभग २०,००० प्रतिका चार संस्करणहरु निस्किसकेका छन् ।

    पुस्तकको परिशिष्ट मार्क जर्मन समाजवादी पार्टीअन्तरगत जर्मनीमा भू–सम्पत्तिको इतिहास तथा विकासको केही प्रारम्भिक ज्ञान फैल्याउने उद्देश्यले लेखिएको थियो । यो त्यस्तो समयमा अझ बढी आवश्यक प्रतीत हुन्थ्यो, जब त्यस पार्टीद्वारा शहरहरुका किहेनतकशहरुलाई मिलाउने काम करिब–करिब पूरा भइसकेको थियो एवं जब खेती मजदूरहरु र किसानहरुलाई हातमा लिनु थियो । यस संस्करणको साथमा पनि उक्त परिशिष्ट समावेश गरिएको छ । किनभने भू–सम्पत्तिको त्यो मूलरुप, जुन सबै ट्यूटानिक कबीलाहरुमा समान रुपमा पाइन्छ ।

    साथै त्ससको पतनको इतिहास इंगलैण्डमा जमैनीको तुलनामा पनि कम ज्ञात छ । मैले यस परिशिष्टको मूल रुपलाई अक्षुण्ण राखेको छु र हालसालै मक्सिम कोबालेब्स्कीले जुन परिकल्पना प्रस्तुत गरेका छन्, त्यतातिर संकेत गरेको छैन । उक्त परिकल्पनाअनुसार कृषियोग्य भूमि तथा चरण मार्कका सदस्यहरुको बीचमा भागबण्डा हुनुभन्दा पहिले त्यसमा एक विशाल पितृ–सत्तात्मक कुटुम्ब– समुदायद्वारा सयुक्त रुपमा खेती गरिन्थ्या । यस्तो एउटा समुदायमा कैयौं पींढीका मानिसहरु किन्थे । पछि, जब उक्त समुदाय यति ठूलो भयो कि संयुक्त प्रबन्ध असम्भव हुन गयो । समुदायको जमीन भागबण्डा भरियो । कोवालेब्स्कीको भनाइ सम्भवः विलकूल सही छ तर यो विषय अझै पनि विचाराधीन छ ।

    यस पुस्तकमा प्रयुक्त आर्थिक पारिभाषिक शब्द, जहाँसम्म तिनीहरु नवीन छन् । माक्र्सको पूँजीको अंग्रेजी संस्करणमा प्रयुक्त शब्दहरुसँग मेल खान्छन् । ‘माल–उत्पादन’ को हाम्रो तात्पर्य त्यो आर्थिक प्रक्रिया होे, जसमा वस्तुहरुको उत्पादन उत्पादकको उपभोगको लागि मात्र नभएर विनिमयको लागि पनि हुन्छ । अर्थात वस्तुको उत्पादन मालको रुपमा हुन्छ । उपभोग मूल्यको रुपमा होइन । यो प्रक्रिया विनिमयको लागि उत्पादनको प्रारंभदेखि आजसम्म चलिरहेको छ । त्यसको पूरा विकास पूँजीवादी उत्पादन–प्रणाली अन्तरगत नै हुन्छ । अर्थात ती परिस्थितिहरुमा, जब उत्पादनका साधनको स्वामी पूँजीपतिले ज्याला दिएर मजदूरहरुलाई काममा राख्दछ (त्यस्ता मानिसहरुलाई बंचित छन् र उत्पादन आफ्नो लागतभन्दा जति बढी मूल्यमा बेच्दछ, त्यो सबै हडप्छ) ।

    मध्ययुगदेखि आजसम्म औधोगिक उत्पादनको इतिहासलाई हामी तीन प्रक्रियाहरुमा ९क्रममा० विभाजन गर्न सक्छौंस्  ९१० शिल्पकारी प्रक्रिया, जसमा साना शिल्पमालिक थोरै शिल्प मजदूरहरु तथा चेलाहरुसँग काम गर्दछ एवं जहाँ हर शिल्पकारले पूरा चीज तयार गर्दछ, ९२० मेनुफैक्चर प्रक्रिया, जसमा धेरै मजदूरहरु एउटा कारखानामा एकत्रित भएर श्रम विभाजनको आधारमा पूरा वस्तुको उत्पादन गर्दछन्, प्रत्येक मजदूरले उत्पादनको कुनै एउटा आंशिक काम मात्र गर्दछ र कुनै पनि वस्तुको उत्पादन तब पूरा हुन्छ, जब त्यो एकपछि अर्को गर्दै सबैको हातबाट गुज्रिन्छ, ९३० आधुनिक उद्योग प्रक्रिया, जब उत्पादन कुनै शक्तिबाट चल्ने मेशिनबाट हुन्छ र जहाँ मजदूरको काम सिर्फ यान्त्रिक साधन अर्थात मेशिनको कामलाई रेखदेश गर्नु एवं त्यसलाई ठिक गर्नु मात्र रहन्छ ।

    मलाई राम्रोसँग के थाहा छ भने यो पुस्तकको विषय–वस्तुमा ब्रिटिश पाठकहरुको एउटा ठूलो हिस्सालाई आपत्ति हुनेछ । तर यदि हामी महाद्वीपबासीहरुले ब्रिटिश भद्रताको पूर्वाग्रहलाई अलिकति पनि ध्यान दिएको भए हामी अझ गएगुज्रेको हुने थियौं । हामी जुन सिद्धान्तलाई ‘ऐतिहासिक भौतिकवाद’ भन्छौं, यो पुस्तकमा त्यसैको वकालत गरिएको छ र अधिकांश अंग्रेजी पाठकहरुको लागि त भौतिकवाद शब्द नै कर्णकटु ९तीतो० छ । ‘अज्ञेयवाद’ सह्य हुनसक्छ तर भौतिकवाद त अस्वीकार्य नै छ । तर पनि सत्रौं शताब्दीदेखि इंगल्याण्ड नै आधुनिक भैतिकवादका सबै रुपहरुको जन्मभूमि रहेको छ ।

    भौतिकवाद ग्रेट ब्रिटेनको वैध सन्तान हो । ब्रिटिश स्कोलास्टिक (बुद्धिवादी) डन्स स्कटले पहिले नै प्रश्न गरिसकेका थिए, के भूतद्रयको चिन्तन गर्न सम्भव बनाउनको लागि उनले ईश्वरको सर्वशक्तिमत्ताको शरण लिए । अर्थात् धर्मशास्त्रको माध्यमले भौतिकवादको शिक्षा दिए । यसको अतिरिक्त उनी नामवाी थिए । नामबाद, जुन भौतिकवादको पहिलो रुप हो । मुख्यतया इंग्लैण्डका स्कोलास्टिकहरु (बुद्धिवादीहरु) मा प्रचलित रहेको छ ।

    वस्तवमा अंग्रेजी भौतिकवादका जन्मदाता फ्रान्सिस बेकन थिए । उनका अनुसार प्रकृति–विज्ञान नै सच्च विज्ञान हो र इन्द्रियानुभूतिमा आधारित भौतिकी यो प्रकृति–विज्ञानको सबैभन्दा मुख्य अंग हो । अनाक्सागोरस एवं उनको सूक्ष्मकण, डेमोक्राइटस एवं उनको परमाणुलाई उनी प्रमाणको रुपमा प्राय हवाला दिन्छन् । बेकनका अनुसार हाम्रा इन्द्रियले कहिल्यै पनि धोखा दिँदैनन् तिनीहरु नै समस्त ज्ञानतका स्रोत हुन् । सम्पूर्ण विज्ञान अनुभवमा आधारित छ तथा इन्द्रियहरुद्वारा प्राप्त तथ्यहरुको एउटा तर्कसंगत अनुसन्धान प्रणालीबाट जाँच गर्नमा निहित छ । अनुगमन, विश्लेषण, तुलना, प्रेक्षण, प्रयोग– यस तर्कसंगत प्रणालीका मुख्य रुपहरु यिनै हुन् । भूतद्रव्यमा जुन गुण अन्तरनिहित छन्, तिनीहरुमा सर्वप्रथम तथा सर्वोपरि गुण गति हो । यो केवल यान्त्रिक एवं गणितीय गतिको रुपमा मात्र होइन, बरु मुख्यतः आवेग, प्रणाशक्ति, तनाव अथवा जैकव बेहमेको भाषामा भन्ने हो भने ‘त्तगब’ि को रुपमा छ ।

    भौतिकवादका प्रथम सृष्टिकर्ता बेकनको दर्शनमा भौतिकवादको बहुमुखी विकासको बीज अझै पनि छ । एक त भूतद्रव्यको चारैतिर ऐन्द्रिय, काव्यात्मक प्रकाश छ र त्यसले मानौं आफ्नो मनोहारी मुस्कानद्वारा मानवको सम्पूर्ण सत्तालाई आफूतिर खिच्दछ । अर्को, सूत्र रुपमा प्रतिपादित उनको सिद्धान्तमा कदम कदममा धर्मशास्त्रबाट आयात असंगतिहरु भरिएका छन् ।फ्नो आगामी विकासमा भौतिकवाद एकांगी हुन जान्छ । जसले बेकनको भौतिकवादलाई व्यवस्थित रुप दिए, उनको नाम हो– हब्स । इन्द्रियजनित ज्ञानको काब्यात्मक सौरभ नष्ट हुनजान्छ । त्यो मुख्य विज्ञान घोषित गरिन्छ । भौतिकवाद मानवद्वेषी बन्न पुग्छ । यदि त्यसैले आफ्नै शत्रु मानवद्वेषी अशरीरी ९निराकार० अध्यात्मवादलाई त्यसैको घरमा परास्त गर्नु छ भने स्वयं आफ्नो शरीरलाई दण्ड दिनुपर्छ र तपस्वस् बन्नुपर्छ । यसप्रकार भौतिकवादले अब ऐन्द्रिय नरहेर बौद्धिक रुप ग्रहण गर्दछ । तर यसैगरी यसको परिणाम चाहे जेसुकै होस्, त्यसमा त्यो संगति एवं व्यवस्था पनि आउँदछ, जुन बुद्धिको विशेषता हो ।

     बाँकी क्रमश‘….

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology