सोमवार, असार २, २०७६

दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाए कारबाही



काठमाडौं । सरकारले दर्ता नगरी चलाइने इलेक्ट्रिक स्कुटरलाई कारबाहि गर्ने भएको छ । सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता नगरेरै चलाउने स्कुटर चालकलाई कारबाहि गर्ने भएको हो ।

यातायात व्यवस्था कार्यालयले इलेक्ट्रिक स्कुटरहरु बिनादर्ता सडकमा सञ्चालन भइरहेको पाइएको बताउँदै त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा सञ्चालन गर्न आग्रह गरेको छ । यदि दर्ता नगरेरै सञ्चालन गरेको भेटिए कारबाही गरिने जनाएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनु पर्ने प्रावधान रहेकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गरेको हो । यातायात व्यवस्था ऐन २०४९ को दफा १४ मा अनिवार्य रुपमा सवारी दर्ता गर्नुपर्ने भनेकाले दर्ता नगरी सञ्चालन गरेको भेटिए त्यही ऐनको दफा १६० को उपदफा २ बमोजिम कारबाही गरिने निर्णय भएको सूचनामा उल्लेख छ ।

विभागका शाखा अधिकृत लेबन काश्यप अधिकारीले कारबाहीका लागि आवश्यक व्यवस्था मिलाउन विभागले महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गरेको पनि बताए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology